नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत समूह चरणको अन्तिम खेल वर्षाले अवरुद्ध भएपछि राजस्थान रोयल्स तेस्रो स्थानमा सीमित भएको छ । पहिलो भएको कोलकाता नाइट राइडर्स तथा दोस्रो भएको सनराइजर्स हैदरावाद बिच मंगलबार पहिलो क्वालिफायर खेल हुने छ । यसै गरी तेस्रो भएको राजस्थान र चोथो भएको रोयल च्यालेन्जर बैंग्लोरका बिच बुधवार इलिमिनेटर खेल हुने छ ।
पहिलो चरण सकिँदा कोलकाता २० अंक सहित पहिलो भएको हो । कोलकाताका २ खेल वर्षाले अवरुद्ध भएर अंक बाडेको थियो । ३ मा हारको सामना गरेको थियो भने ९ खेलमा जित हात पारेको थियो ।
दोस्रो स्थानमा रहेको हैदरावाद र राजस्थानको पनि पनि एक खेल वर्षाका कारण अवरुद्ध भएको हो भने ८ मा जित हात पारेका थिए । दुवै टोलीले ५ खेलमा पराजयको सामना गरेका थिए । समान १७ अंक बनाएको सनराइजर्स हैदरावादभन्दा कम रन रेट हुँदा राजस्थान तेस्रो स्थानमा झरेको हो । हैदरावाद आइतबार पन्जाब किंग्सलाई पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको थियो ।
पहिलो क्वालिफायरमा विजयी टिम सिधै फाइनल पुग्नेछ । पहिलो क्वालिफायरमा पराजित टिम र एलिमिनेटरमा विजयी टिमले दोस्रो क्वालिफायर खेल्नेछन् ।
पहिलो चरणमा केही प्रदर्शन चर्चामा रहे विराट कोहली आइपिएलको एकै सिजनमा ७ सय रन प्रहार गर्ने पहिलो खेलाडीको रूपमा कीर्तिमान कायम गर्न सफल भए । कोहलीले १४ खेलमा ७०८ रन प्रहार गरे ।
दोस्रो स्थानमा रहेका चेन्नाइका कप्तान ऋतुराज गाइक्वाडले ५८३ रन प्रहार गरेका छन् । गाइक्वाडको टोली आइपिएलबाट बाहिरिई सकेको छ । १२ खेल खेलेका ट्रेभिस हेडले ५३३ रन प्रहार गरेका छन् । ५३१ रन प्रहार गरेका राजस्थानका रियान पराग चौथो स्थानमा छन् । गुजरात टा६टनका साइ सुदर्शनले ५२७ रन प्रहार गरेका छन् । लखनउ सुपर जेन्ट्सका कप्तान लोकेश राहुलले १४ खेलमा ५२० रन प्रहार गरेका छन् । रोयलका कप्तान सञ्जु सामसनले ५०४ रन प्रहार गरे । लखनउका निकोलास पूरणले ४९९ रन प्रहार गरेका छन् । हैदरावादका अभिशेषक शर्माले ४६७ रन तथा कोलकाताका सुनिल नारायणले ४६१ रन प्रहार गरे ।
१३ खेलमा ब्याटिङ गरेका अभिषेकको स्ट्राइक रेट २०९ दशमलव ४१ थियो । उनले ४१ छक्का प्रहार गरे । हेडको स्ट्राइक रेट २०१ दशमलव १३ छ । यसै गरी, नारायणको स्ट्राइक रेट १८२ दशमलव ९३ छ । धेरै रन प्रहार गर्ने खेलाडीको सुचीमा २७ औ स्थानमा रहेका ज्याक फ्रेजर म्याकग्रकको स्ट्राइक रेट २३४ दशमलव ०४ छ ।
यस सिजनमा जोस बटलरले २ शतक प्रहार गरी सकेका छन् । एकै पारीमा धेरै रन प्रहार गर्ने खेलाडी लखनउका मार्कस स्टोनिस हुन् । उनले चेन्नाइ विरुद्धको खेलमा अविजित १२४ रन प्रहार गरे ।
सबै भन्दा धरै रन प्रहार गर्ने ३ खेलाडी सहित गुजरातका साइ सुदर्शन र शुभमन गील, मुम्बईका रोहित शर्मा र सूर्य कुमार यादव, नारायण, बैग्लोरका विल ज्याक, राजस्थानका यशस्वी जयसवाल र पन्जाबका जोनी बारिस्ट अर्धसत्तक प्रहार गर्न सफल भए ।
कोहली, सामसन र बैंग्लोरका रजत पाटीदारले सबैभन्दा धेरै ५ अर्धसत्तक प्रहार गरे । फफ डु प्लेसिस, गाइक्वाड, हेड पराग, राहुल, साल्ट, र मार्क फ्रेजरले सबै भन्दा धेरै ४ अर्धसत्तक प्रहार गरे ।
प्रतिक्रिया