नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत शुक्रवार राति भएको खेलमा मुम्बई इन्डियन्स पराजित भएको छ । वनखडे रंगशाला मुम्बईमा लखनउ सुपर जायन्ट्स र मुम्बईले अन्तिम प्रतिस्पर्धा गरेका हुन ।
टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको लखनउले ६ विकेटको क्षतिमा २१४ रन बनाएको थियो। लखनउका लागि निकोलस पुरन र कप्तान केएल राहुलले अर्धशतक बनाए । पुरनले मात्र २९ बलमा ५ चौका र ८ छक्काको मद्दतमा ७५ रन बनाए भने कप्तान राहुलले सम्हालिएर खेल्दै ४१ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ५५ रन बनाए । मार्कश स्टोनिसले २८ रन बनाउँदा आयुष बदोन नटआउट २२ रनमा समेटिएका थिए ।
मुम्बईका लागि नुवान तुषारा र पियुष चावलाले समान तीनतीन विकेट लिए । २१५ रनको लक्ष्य पछ्याएको मुम्बईका लागि अन्तिम खेलमा रोहित शर्मा र नविन धिरले अर्धशतक बनाए पनि जितका लागि त्यो पर्याप्त भएन । ३८ बल खेल्दै १० चौका र ३ छक्काको मद्तमा शर्माले ६८ रन बनाए भने धिरले २८ बलमा ४ चौका र ५ छक्काको मद्तमा नटआउट ६२ रन बनाए ।
मुम्बईका लागि डिवाल ब्रेभिसले २३, कप्तान हार्दिक पाण्डेय १६, इसन किशन १४ रनमा समेटिए। मुम्बई पुरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १९६ रनमा समेटिएको हो । मुम्बईलाई सस्तैमा समेट्न लखनउका लागि नवीन उलहक र रवि बिश्नोईले समान दुईदुई विकेट हात पारे भने क्रुनाल पाण्डेय र मोहसिन खानले समान एकएक विकेट हात पारे।
प्लेअफ पुग्न लखनउले ठुलो अन्तरको जित र अन्य खेलमा भर पर्नुपर्ने आवश्यक थियो । १८ रनको जितले लखनउलाई समेत प्लेअफको ढोका बन्द भएको हो ।
चौथो खेलसम्म राम्रो लयमा रहेको लखनउले त्यस पछि खराब प्रदर्शन गरेको हो । सुरुवाती खेलमा सानदार प्रदर्शन गरेका तेज बलर मायंक यादवको चोट लखनउका लागि महंगो सावित भयो । यस सिजम मुम्बइको प्रदर्शन भने अत्यन्त खराब र्ह्यो । विगतका आइपिएलमा छाएका कप्तान हार्दिक पाण्डे यस सिजनमा जमेनन् ।
यस सिजनको आइपिएलमा अन्य टोलीको पनि प्रशर्दन अस्थिर रहेको छ । पञ्जाव किङ्सले कोलकाता नाइडर्स माथि कीर्तिमानी जित हात पारे पनि अन्य खेमला त्यस किसिमको प्रभाव देखाउन सकेन । पहिलो चरणको खेलमा कोलाकातामा सुनील नारायणले प्रभाव पारे । बल र ब्याट दुवैमा जमेका उनी म्यान अफ द सिरिजका प्रबल दाबेदार हुन् ।
प्रतिक्रिया