काठमाडौँ । नेपाल नेसनल हस्पिटल र नेपाल हाप्किडो संघबीच मंगलबार सम्झौता भएको छ । सम्झौताअनुसार हाप्किडो संघमा आबद्ध व्यक्ति तथा संस्थाहरूले अस्पतालका विभिन्न सेवामा उल्लेखनीय छुट सुविधा प्राप्त गर्नेछन् ।
‘हाम्रो उद्देश्य केबल उपचार मात्र होइन, खेलकुद र शारीरिक सशक्तीकरणमा समर्पित संस्थाहरूसँग सहकार्य गरेर सामुदायिक स्वास्थ्यलाई अझ मजबुत बनाउने हो’, नेपाल नेसनल हस्पिटलका मेडिकल डाइरेक्टर डा. प्रकाश पौडेलले हस्ताक्षर कार्यक्रममा भने । नेपाल हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगरले यस सहमतिलाई हाप्किडो खेलाडीहरूको स्वास्थ्य सुरक्षामा ‘एउटा ठुलो उपलब्धि’ को रूपमा व्याख्या गरे ।
सम्झौता कार्यक्रममा अस्पतालका व्यवस्थापन पक्ष तथा हाप्किडो कार्यसमितिका पदाधिकारीको उपस्थिति थियो । सम्झौता २३ वैशाख २०८२ देखि २२ वैशाख २०८४ सम्म लागू हुनेछ ।
प्रतिक्रिया