काठमाडौं । नक्सालस्थित नेपाल बाल मन्दिरको जग्गा लिज प्रकरणमा उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकी दिदी रीता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । बुधबार जिल्ला सरकारी वकिलको कार्यालयले स्वर्गीय गणेशमा सिंहकी छोरीसमेत रहेकी ७१ वर्षीया रीता सिंहसहित १७ जनाविरुद्ध .काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।
त्यस्तै तत्कालीन उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ, तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठ, तत्कालीन स्रोत तथा परिचालन उपसमितिका संयोजक कृष्णशंकर साह, तत्कालीन महासचिव श्यामकुमार आले, तत्कालीन महासचिव सुवास कुमार पोखरेल, तत्कालीन महासचिव प्रचण्डराज प्रधान, तत्कालीन महासचिव रामकाजी गुरुङ, तत्कालीन उपाध्यक्ष योगेन्द्रबहादुर शाही, तत्कालीन उपकोषाध्यक्ष दिपकदास श्रेष्ठ, बृहस्पति विद्यालय व्यवस्थापन प्रालिका सञ्चालक प्रविणराज जोशी, मुरारी निधि तिवारी, पुरुषतोत्तम राज जोशी, श्रद्धा संघाई, अभिनव सिंघानिया, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेयविरुद्ध मुद्दा दाय गरिएको हो । उनीहरूमध्ये अभिनव, सिद्धार्न र कीर्ति भारतीय नागरिक हुन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले तयार पारेको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो । अभियुक्तहरूसँग ६० करोड ३९ लाख, ७७ हजार २३१ रुपैयाँ माग दाबी गरिएको छ ।
उनीहरूलाई मुलुकी ऐन, ठगी महलको १ र ४ नं बमोजिम तथा हाल प्रचलित मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा (१) र उपदफा (२) बमोजिम ठगीको कसूरमा कारबाही गर्न माग गरिएको छ ।
यस्तो छ पूर्णपाठ
प्रतिक्रिया