नेपालको पहिलो खेल हङकङसँग

काठमाडौँ । नेपालले आइसिसी महिला विश्वकप एसिया छनोट पहिलो खेल हङकङसँग खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यानका अनुसार) यी २ बीचको खेल १० मे मा हुने तय भएको हो । प्रतियोगिता ९ मेदेखि २० मेसम्म थाइल्यान्डमा हुने छ । प्रतियोगितामा घरेलु टोली र नेपालसहित बहराइन, भुटान, हङकङ, कुवेत, मलेसिया, कतार र युएई छन् ।

यी टोलीलाई ३ समूहमा विभाजन गरिएको छ । नेपाल भने समूह ‘सी’ मा छ । यो समूहमा हङकङ र बहराइन छन् । नेपालले पहिलो खेल हङकङसँग ९ मेमा खेल्नेछ ।
यस्तै, १० मेमा बहराइन र १३ मेमा हङकङसँग पुनः खेल्ने छ । १५ मेमा बहराइनसँग अर्को खेल खेल्दै नेपालले लिगचरण सक्काउने छ । हरेक समूहको विजेताले फाइनल राउन्ड खेल्नेछन् ।

प्रतिक्रिया