देउरानीले बाउसो प्रहार गर्दा घाइते भएकी दुर्गाको मृत्यु

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका– १२ लुम्स गाउँमा मंगलबार ग्गा विवादका कारण झगडा हुँदा देउरानीको बाउसो प्रहारबाट घाइते भएकी जेठानीको मृत्यु भएको छ ।

देउरानीले जेठानीलाई घरेलु हतियार बाउसो प्रहार गरीगम्भीर घाइते बनाएकी थिइन् । छायांनाथ रारा नगरपालिका १२ लुम्स गाउँकी बिमला बुढाले जेठानी दुर्गा ऐडीलाई टाउकोमा घरेलु हतियार बाउसो प्रयोग गरी घाइते बनाएको मुगु प्रहरीले जनाएको छ । घाइते दुर्गा ऐडीको टाउँको र अनुहारमा गहिरो चोट लागेको थियो । गम्भीर घाइते भएकी दुर्गाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ५ दिनपछि शनिबार बिहान ५ बजे मृत्यु भएको हो ।

उनीहरुका ससुरा बाचुराम ऐडीका अनुसार कुनिउखात भन्ने स्थानको जग्गा ३ भाइमध्ये कसैलाई भागबण्डा नगरिएको र त्यही जग्गा देउरानीले मेरो भाग हुनुपर्छ र जेठानीले मेरो भागमा हुनुपर्छ भन्ने विवादले झगडा भएको थियो ।

त्यही विवादका कारण झगडा हुँदै गर्दा देउरानी वर्ष २५ की बिमला बुढाले जेठानी वर्ष ३६ की दुर्गा ऐडीलाई घरेलु हतियार बाउसो प्रहार गरेर घाइते बनाएको ससुराले बताए । झगडाको मुख्य कारण नै जग्गा विवाद भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

अहिले घरेलु हतियार प्रयोग गरी घाइते बनाउने बिमलालाई पक्राउ गरी ६ दिन म्याद थप गरी अनुसन्धान थालीएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

प्रतिक्रिया