अस्ट्रेलियामा अदिशलाई स्वर्ण पदक

काठमाडौं । नेपाली तेक्वान्दो खेलाडी अदिश खड्काले अस्ट्रेलियामा भएको २०२५ गोल्डकोस्ट ओपन अन्तराष्ट्रय तेक्वान्दो प्रतियोगतामा आज स्वर्ण पदक जितेका छन् ।

अस्ट्रेलियाको गोल्डकोस्टस्थित करार स्टेडियममा भएको खेलमा अदिशले १७ वर्षमुनि उमेर समूह पुरुष एकल पुम्सेमा स्वर्ण जितेका हुन् । आदिशले च्याम्पियन हुन छ दशमलव २३ अंक जोडे ।

दश दिनको अवधिमा अदिशको यो दोस्रो अन्तरराष्ट्रिय पदक हो । यसअघि उनले २१औँ वाटा ओपन अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगिताको सोही स्पर्धामा रजत जितेका थिए । वाटा ओपन जापानको ओसाकामा अप्रिल २५ देखि २७ तारिखसम्म भएको थियो ।

अदिश जापानबाटै गोल्डकोस्ट ओपन खेल्न अस्ट्रेलिया गएका थिए । नामी इन्टरनेसनल कलेजमा ११ कक्षामा अध्ययनरत अदिश तेक्वान्दोमा तेस्रो डान प्राप्त खेलाडी हुन् ।

प्रतिक्रिया