त्रिवी क्रिकेट मैदानलाई आधुनिक स्तरको बनाउने

काठमाडौँ । अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी र उनका परिवारजनले सरकारी छात्रावृत्ति पाउने भएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारले खेलकुद विकासमा काम गर्ने उल्लेख गर्दै अब अन्तर्राष्ट्रिय पुरस्कार र पदवी विजेता खेलाडी र उनका परिवारजनलाई सरकारी छात्रवृत्ति उपलब्ध गराउने भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्मा पेस गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारको यस तयारीबारे जानकारी दिएका हुन् ।

सरकारले निजी क्षेत्रलाई खेलकुदसँग जोड्ने जनाएको छ । सरकारले त्रिवि क्रिकेट मैदानलाई आधुनिकस्तरको क्रिकेट मैदानमा रूपान्तरण गर्ने भएको छ ।

सो अनुसार संघ, प्रदेश तथा स्थानीय तह र खेल संघको सहकार्यमा स्पोट्र्स स्कुल कार्यक्रम सञ्चालन गरिने बताइएको छ । त्यस्तै विद्यालय तहदेखि खेलकुद तालिम, प्रशिक्षण र खेलाडीको सहभागिता कार्यक्रमहरू सञ्चालन गरिनेछ ।

रंगशाला लगायतका खेलकुद पूर्वाधार निर्माणमा ३ तहका सरकार र निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न कानुनी व्यवस्था मिलाइने भएको छ । खेलकुदलाई निजी क्षेत्रका सामाजिक उत्तरदायित्व कार्यक्रमसँग पनि जोडिने छ ।

प्रतिक्रिया