काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको अध्यक्ष पदका लागि ६ जनाले आवेदन परेको छ । मन्त्रालयले आवेदन दिने ६ जनाको नामावली सार्वजनिक गरेको हो ।
छनौट समितिका सदस्य सचिव कोशहरि निरौलाका अनुसार २०८२ वैशाख ५ मा प्रकाशित सार्वजनिक सूचना बमोजिम विज्ञापन बोर्डको अध्यक्ष पदका लागि प्राप्त आवेदन दिनेहरुमा लक्षमण हुमागाईं, कविता शर्मा, सुजन राजा श्रेष्ठ, अशोक कुमार घिमिरे, पदम राज जोशी र अनन्त कान्त मैनाली रहेका छन् ।
हुमागाईँ विज्ञापन बोर्डमा यसअघि पनि अध्यक्ष थिए ।
अध्यक्ष पदका लागि आवेदन दिने उम्मेदवारले ३५ वर्ष उमेर पूरा भएको, आमसञ्चार, कानून, विज्ञापन वा व्यवस्थापन विषयमा कम्तीमा स्नातक गरी सो क्षेत्रमा १० वर्षको अनुभव भएको हुनुपर्ने व्यवस्था छ ।
प्रतिक्रिया