अख्तियारले माधव नेपालको बयान लिएको विषय प्रतिनिधिसभामा उठ्यो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको विषय प्रतिनिधिसभाको बैठकमा उठाइएको छ ।

आज मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झा ले यस विषयमा आफ्नो धारणा राखेका हुन् । सांसद झाले अध्यक्ष नेपालको अख्तियार बयान लिएको विषय यो कतै राजनीतिक प्रतिशोधका आधारमा भइरहेको त छैन भन्दै प्रश्न गरेका हुन् ।

‘हालसालै भइराखेको राजनीतिक प्रतिशोधको केही घटनाहरूमा पार्टीको तर्फबाट ध्यानाकर्षण भएको र हाम्रो सरोकार रहेको कुरा राख्न चाहन्छौँ’, सांसद झा ले भने ।

‘हाम्रो पार्टी सभापतिप्रति भयो, हालसालै रेशम चौधरीप्रति भयो, माधवकुमार नेपाल ज्युको पनि बयान लिंदैछ भन्ने सुन्दैछौं । अब के सिके राउतप्रति आक्रमण हुन्छ कि ?’, सांसद झा को प्रश्न थियो । यी सबै विषयलाई आफ्नो पार्टीले एउटा राजनीतिक प्रतिसोधको क्रमको रुपमा हेरिराखेको सांसद झा ले बताए ।

प्रतिक्रिया