तीन करोडभन्दा कमको आयोजना मान्य हुँदैन : उपाध्यक्ष अधिकारी

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले तीन करोडभन्दा कमको आयोजना मान्य नहुने बताएका छन् ।

उपाध्यक्ष अधिकारी आज बुधबार आयोगले आयोजना गरेको आगामी आर्थिक वर्षको वार्षिक विकास कार्यक्रम तथा मध्यमकालीन खर्च संरचना तर्जुमा एवं राष्ट्रिय आयोजना बैंकसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्ययनको आयोजना र कार्यान्वयन गरिने अयोजना गरी दुई प्रकारको हुने भन्दै कार्यान्वयन गरिने आयोजना तीन करोडभन्दा कमको नहुने बताएका हुन् ।

उनले ३ करोडभन्दा कमको आयोजना राष्ट्रिय आयोजना बैंकमा प्रविष्ठ गर्न नमिल्ने बनाइएको समेत छलफलका क्रममा स्मरण गराए । सरकारको नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार नै अयोजनाको प्राथामिकता र पुनः प्राथमिकता गर्नुपर्ने र छिटो सम्पन्न हुने आयोजनालाई पहिलो प्राथमिकता दिनुपर्ने उनले बताए ।

उनले प्रोजेक्ट बैंकमा पनि नजाने डिपिआरमा पनि नजाने आयोजना माथि प्रश्न उठ्ने र उठ्नु जायज पनि भएको भन्दै डिपिआर नभएको आयोजना अध्ययनकोक्रमा राखिने समेत उल्लेख गरे ।

उपाध्यक्ष अधिकारीले सिस्टममा आएको परियोजनालाई जुन अनुसार आएको र जुन जुन चरण पुरा भएका छन सोही अनुरुप प्रविष्ठ गरिदिन र नमिल्ने भए नपुगेको ठाउँमा आँैल्याइदिन समेत छलफलका क्रममा भने । छलफलका क्रममा विभिन्न मन्त्रालयका सचिव एवं सहसचिवहरुले बजेटको सिलिङका कारणले मध्यमकालिन खर्च संरचना तयार गर्न कठीन भएको बताए ।

मध्यमकालिन खर्च संरचना विद्यमान अवस्था र अगामी कार्यदिशासम्बन्धी प्रस्तुतीकरण गर्दै सहसचिव खोमराज कोइरालाले हालसम्म ४४ वटा निकायमा ४० वटाले मात्र इन्ट्रीभएको र ३२ प्रतिशत मात्र पुँजीगत खर्च भएको बताउए । सहसचिव अर्जुन भण्डारीले राष्ट्रिय आयोजना बैंक प्रणाली सम्बन्धमा प्रस्तुतीकरण गर्दै हालसम्म ७ हजार ३ सय ३७ आयोजना, आयोजना बैंकमा प्रविष्ठ भएको र त्यसमध्ये कतिपय आयोजना ड्राफ्टमा रहेको समेत जानकारी दिए ।

प्रतिक्रिया