कर्तव्य ज्यान मुद्दाका अभियुक्त मिश्र कारागार चलान

रौतहट । संगठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाका फरार रहेका एक अभियुक्तलाई पक्राउ गरी कारागार चलान गरिएको छ ।

२०७८ साल पूस २० गते रौतहटको गौर नगरपालिका– ३ बस्ने २७ वर्षीय रोहितकुमार जायसवाललाई अपहरण गरी भारतको बैरगनियामा लगी हत्या गरी शव जुटको बोरामा हालेर नन्दबारा पुल मुनि फालेर फरार भएका स्थानीय गौर नगरपालिका– ५ बस्ने ५८ वर्षीय राजुु मिश्रालाई प्रहरीले पक्राउ कारागार चलान गरेको हो ।

अपहरण गरेर फिरौती माग्ने उदेश्यले झुक्याइ शरीर बन्धक बनाएर हत्या गरी फरार रहेका मिश्रलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीविरुद्ध रौतहट जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि खोजतलास गर्ने क्रममा गौर नगरपालिका– १ स्थित नेपाल–भारत बोर्डर नजिक भन्सारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक एलिजा गिरीले बताइन् ।

घटनामा संलग्न रहेका अन्य प्रतिवादीहरुको खोजतलास गर्ने कार्य जारी रहेको र दुई वर्षपछि पक्राउ परेका मिश्रालाई रौतहट जिल्ला अदालतमा पेश गर्दा पुरपक्षका लागि कारागार चलान गरेको प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिइन् ।

प्रतिक्रिया