महिलाको अश्लील भिडियो बनाएर बेच्ने व्यक्ति पक्राउ

काठमाडौँ । महिलाको अश्लील फोटो भिडियो बनाएर बेचेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-६ घर भई काठमाडौंको टोखा नगरपालिका ग्राण्डी बस्ने २९ वर्षीय रमेश थापा रहेका छन् ।

उनले नेपाल तथा अन्य देशमा रहेका नेपाली महिला तथा पुरुषहरूसँग रकम लिई भिडियो कलमार्फत अश्लील क्रियाकलापहरूमा सहभागी गराउने तथा महिलाको अश्लील सामाग्री बनाइ बिक्री वितरण गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

थापालाई मुलुकी अपराध संहिता २०७४ को दफा १२१ बमोजिमको अश्लील किताब, पर्चा इत्यादि बनाउन वा बिक्री गर्न नहुने कसुरमा ५ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

प्रतिक्रिया