गायक निशान भट्टराईको दुर्घटनामा निधन

काठमाडौं । गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी सोमबार निधन भएको छ ।

दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट निवास फर्कने क्रममा भट्टराई आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटनामा परेका थिए । दुर्घटना लगत्तै उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको भए पनि त्यही उनको निधन भएको थियो ।

भट्टराई ४० को दशकको अन्त्यतिर उदाएका गायक हुन् । खासगरी गजल गायकीका कारण उनी चर्चित थिए ।

धरान स्थायी ठेगाना भएका भट्टराई गायिका लोचन भट्टराईका भाइ हुन् । उनका एक छोरा एक छोरी र श्रीमती छन्।

प्रतिक्रिया