महान् देशभक्त राजा वीरेन्द्र

 राजा वीरेन्द्रलाई धेरै कोणबाट सम्झिन्छन् नेपालीहरू, तर मचाहिँ मुलुक जुन मोडमा पुगेर फसेको छ, आजका सत्ताधारीहरूलाई आह्वान गर्दछु, दुइटै छिमेकीहरूसँग मुलुकको हित हुने गरी ५० वर्षे सन्धि गरौँ, खाकाको अभाव हो भने राजा वीरेन्द्रको शान्ति क्षेत्र प्रस्ताव खोजे विष होइन ओखती नै हुनेछ 

राजा वीरेन्द्रको हत्या नभएको भए सायद यतिवेला मुलुकले उनको ७५औँ जन्मोत्सव धूमधामसँग मनाइरहेको हुन्थ्यो होला । २००२ साल पुस १४ गते नारायणहिटी राजदरबारमा उनको जन्म भएको हो । ५६ वर्षको उमेरमा ०५८ साल जेठ १९ गते नारायाणहिटी राजदरबारमा उनको हत्या भएको हो । राजा वीरेन्द्रले नेपालको राष्ट्रियतालाई कतैबाट कमजोर बनाउन दिएनन् । सम्राज्यवादीहरू यो देशलाई फुटाउने र आपसमा युद्धमा भिडाउने र संसारको यो पुराना सार्वभौमसत्तासम्पन्न मुलुकलाई ध्वस्त गरेर इसाईकरण गर्न चाहन्छन् । देशलाई भौडीमा हाल्ने एमाले–माओवादी, कांग्रेसका देशद्रोहीहरू खुलेर लागे ।

राजा वीरेन्द्रको छवि खल्बल्याउन भारतीय गुप्तचर संस्था ‘रअ’ भित्रिरूपमा सरिक भइरहेको थियो । राजा वीरेन्द्र एक महान् देशभक्त, विकासवादी प्रजातन्त्रवादी राजा भएकाले नै विदेशीहरूले सहेनन् । सिक्किम खाएपछि भारतको ‘रअ’ले नेपालको तराई कब्जा गर्ने रणनीति बनाएको थियो । नेहरूपछि उनकी छोरी इन्दिरा गान्धी भारतकी प्रधानमन्त्री बनिन् । इन्दिरा गान्धीले भारतीय बदनाम गुप्तचर संस्था ‘रअ’ मार्फत सिक्किम खाएपछि नेपालको तराई फाँट कब्जा गर्ने रणनीति बनाएकोले नेपालको अस्तित्व समाप्त पार्न भारतीय कांग्रेस (आई) र उसको गुप्तचर संस्था ‘रअ’ सक्रिय थियो । भारतले नेपाललाई आफ्नो छाताभित्र राख्न नेपालको राजसंस्थालाई कमजोर बनाउने मनस्थितिमा रहेको अवस्थामा अनेकौँ आरोप–प्रत्यारोप लगाउन पनि पछि पर्दैन थियो ।

स्मरण होस् रानी ऐश्वर्याले श्रीलंकाको तामिली विद्रोह चम्काउन पाँच करोड रुपैयाँ दिएको झुठो कुरा इन्डिया टु डे मा छापिएको थियो भने राजीव गान्धी नमारिएका भए श्रीलंकामा तामिली उचालेर देशभक्त राजा वीरेन्द्रले गृहयुद्ध चम्काएको झुठो आरोप लगाएर भारतले नेपालको राजतन्त्रको विरुद्ध खुलेर लाग्ने योजना बनाएको अवस्था थियो ।

राजा वीरेन्द्रको राज्याभिषेकको वेला २०३१ साल फाल्गुण १२ गते नेपाललाई शान्ति क्षेत्र घोषणा गरेको वेलादेखि नै भारतीय कांग्रेस राजा वीरेन्द्रप्रति सन्तुष्ट थिएन । त्यसैले, राजीव गान्धीको समयमा जतिसक्दो नेपाललाई सताउने काम गरे । त्यसको परिणाम राजीव गान्धीको हत्या भएपछि पनि कांग्रेस (आई) र उसको गुप्तचर संस्था ‘रअ’ नेपाललाई सताउन सक्रिय भइरह्यो ।

राजा वीरेन्द्रलाई धेरै कोणबाट सम्झिन्छन् नेपालीहरू, तर मचाहिँ मुलुक जुन मोडमा पुगेर फसेको छ, आजका सत्ताधारीहरूलाई आह्वान गर्दछु, दुइटै छिमेकीहरूसँग मुलुकको हित हुने गरी ५० वर्षे सन्धि गरौँ, खाकाको अभाव हो भने राजा वीरेन्द्रको शान्ति क्षेत्र प्रस्ताव खोजे विष होइन ओखती नै हुनेछ

पश्चिमाहरू ईसाइरूपी साम्राज्यवादी रोग बोकेर आएका छन् । उनीहरूसँग इमान, जमान र मौलिकता केही छैन । उनीहरू जहाँ पनि रगतको खोलो बगाउन उदत्त रहन्छन् । दोस्रो विश्वपछि अमेरिका तथा युरोपका इसाई राष्ट्रहरू जहाँ जहाँ पुगेका छन् त्यहाँ त्यहाँ अशान्ति, हत्या, बिग्रह र विखण्डनकारी खेल खेलेर मानव सभ्यतालाई नै सैतानीकरण गर्दै आएका छन् । नेपालमा पश्चिमाहरू पहिला यसरी खुलेर लागेका थिएनन् । भारतमा कांग्रेस (आई)की सोनिया गान्धी सत्तामा आएपछि उनैको रणनीतिलाई समर्थन गरेर पश्चिमाहरू नेपाललाई आधार इलाका बनाएर इसाईकरण गर्ने र फ्रि तिब्बतको नाममा चीन टुक्रयाउने अभिप्रायबाट नेपालमा प्रवेश गरेका हुन् । उनीहरू संसारको यो पुराना सार्वभौमसत्तासम्पन्न मुलुकलाई ध्वस्त गरेर इसाईकरण गर्न चाहन्छन् ।

नेपालका पहिचान र मान्यता सबै नसिध्याएसम्म सम्राज्यवादीले विश्वभरमा आफ्नो प्रभुत्व जमाउन नसक्ने देखेर नेपाललाई तहस–नहस गराउन अनेकौं षड्यन्त्रहरू गरिरहेका छन् । यसको लागि पश्चिमाहरूले पैसा र क्रिस्चियनिटीलाई माध्यम बनाएका छन् । यसको लागि अमेरिका, बेलायत, नर्वे जस्ता युरोपियन युनियन् राष्ट्रहरू, संयुक्त राष्ट्र संघ, विश्व बैंक आदिले अर्बाँै लगानी गरिरहेका छन् । अरब र अफ्रिकी राष्ट्रहरूभित्र पसेर कतिपय ठाउँमा त्यहाँका गरिब जनतालाई पैसा दिएर क्रिस्चियनीकरण ग¥यो ।

अमेरिका र युरोपका कैयौँ राष्ट्रहरूले अरबमा मुसलमानहरू बीचमा झगडा लगाइदिएर फुटाउने र आपसी युद्धमा भिडाउने काम गरेका छन् । उनीहरूले अरब र अफ्रिकाका कैयौँ महत्वपूर्ण स्रोत र सम्पत्तिमा कब्जा जमाउँदै आएका छन् । दक्षिणी सुडानलाई क्रिस्चियनकरण गराएर सिंगो सुडानलाई उत्तर र दक्षिण सुडान बनाएर फुटाइयो । इरानमा सन् १९७९ राजतन्त्रको विरोधमा सिआए र सक्रिय राजतन्त्रको पक्षमा अमेरिकी सत्ताको द्वयत् नीति अवलम्बन गरेर निरंकुश कट्टरवादी धार्मिक सत्ता स्थापना हुन गयो ।

इराकमा राजतन्त्र समाप्त गराएर सद्दाम हुसेन १९५८ मा सत्तामा ल्याउने वातावरण अमेरिकाले नै मिलायो । पछि कुरा नमिलेपछि निहुँ खोजेर इराकको आन्तरिक मामिलामा नांगो हस्तक्षेप गरेर इराकमा आक्रमण गरेर सद्दाम हुसेनको सत्ता पल्टायो । इराकमा आफैँले पालेका दलालहरूलाई आन्दोलनमा उतारेर सद्दामलाई झुन्डाउने काम ग¥यो । निरंकुशताको नाममा कर्नेल गद्दाफीको सत्ता पल्टाएर लिबियालाई अन्धकारमा फसाएको छ ।

कर्नेल गद्दाफीले लिबियामा सन् १९६९ मा धोका दिएर राजतन्त्र विस्थापित गराएका थिए । उनी निरंकुश र उघ्र–रिसाहा भएता पनि उनले लिबियालाई धनी र समृद्ध राष्ट्रमा परिणत गरे । विदेशी ऋण लिएनन् । विदेशीलाई पस्न दिएनन् । आखिरी अमेरिकाले नाटो र युएन् आफ्नो पक्षमा जुटाएर लिबियाका असंख्यौँ नरनारी र स्रोत, भौतिक पूर्वाधार नष्ट गरेर कर्नेल गद्दाफीको विभत्स हत्या ग¥यो । हत्याको प्रकार जस्तो भएतापनि लिबयाका जनताले उनलाई कहिले बिर्सने छैनन् ।

‘नेपालमा पुनस्र्थापित प्रतिनिधिसभाले ०६३ जेठ ४ मा घोषणा गर्दा एउटा षड्यन्त्र गरिएको छ । घोषणापत्रको ड्राफ्ट तयार गर्दा धर्मनिरपेक्ष बनाउने कुरा उल्लेख नभए पनि सभामुखले प्रतिनिधिसभामा वाचन गर्नुअघि सभामुख कक्षमा पुगेपछि सुटुक्क (ङ) नम्बर थपियो । त्यहाँ ‘नेपाल धर्मनिरपेक्ष राज्य हुनेछ’ चार शब्दको वाक्य छ । सो बुँदामा भनिएको छ, ‘नेपाल धर्मनिरपेक्ष राज्य हुनेछ ।’

राजा वीरेन्द्रलाई धेरै कोणबाट सम्झिन्छन् नेपालीहरू, तर मचाहिँ मुलुक जुन मोडमा पुगेर फसेको छ, आजका सत्ताधारीहरूलाई आह्वान गर्दछु, दुइटै छिमेकीहरूसँग मुलुकको हित हुने गरी ५० वर्षे सन्धि गरौँ, खाकाको अभाव हो भने राजा वीरेन्द्रको शान्ति क्षेत्र प्रस्ताव खोजे विष होइन ओखती नै हुनेछ ।

गणतन्त्र, संघीयताले देश बच्दैन । नेपालको भौगोलिकतामा सन्तुलन र राष्ट्रको सार्वभौमसत्तालाई जोगाएर चीन, भारतबीचमा सन्तुलन राख्दै नेपालको राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रलाई समन्वय र सन्तुलन कायम गर्ने गरी विश्वको एक मात्र हिन्दू अधिराज्य र राजसंस्थालाई स–सम्मान यथावत् राखी नेपाललाई समृद्धशाली बनाउन समर्पित बनौँ ।

देशभक्त राजा वीरेन्द्रले गृहयुद्ध चम्काएको झुठो आरोप लगाएर भारतले नेपालको राजतन्त्रको विरुद्ध खुलेर लाग्ने योजना बनाएको अवस्था थियो । ती सबै षड्यन्त्रलाई वास्ता नगरेर राजा वीरेन्द्रबाट नेपाली जनताप्रति विश्वस्त बनेर नेपालको राष्ट्रियतालाई कतैबाट कमजोर बनाउन दिएनन् । देशभक्त राजा वीरेन्द्रप्रति श्रद्धाञ्जलि अर्पण गरौँ ।

प्रतिक्रिया