पब्लिक च्वाइस म्युजिक अवार्ड राजेशलाई

काठमाडौँ । शुभकामना मिडिया सोलुसनद्वारा प्रस्तुत आठौ प्रभु पे म्युजिक खबर म्युजिक अवार्ड अन्तर्गत ‘फल मीठो’ गीत बाट राजेश बर्देवाले पब्लिक च्वाइस अवार्ड जित्न सफल भएका छन् ।

उक्त गीतमा बर्देवाको कम्पोज एवं स्वर रहेको छ । डि एन जोशी को शब्द तथा मौसम हिमालिको निर्देशन रहेको सो गीतको भिडियोमा नायिका केकि अधिकारी र रबिन्द्र तितुङको अभिनय रहेको छ । ४० बिधामा गरिएको अवार्ड शुक्रबार प्रज्ञा भवन कमलादीमा सम्पन्न भएको हो ।

प्रतिक्रिया