मोडेल अनिता यादवद्वारा अग्नि पीडितलाई राहत वितरण

सिरहा । ‘मिसेज द नेशनको ब्राण्ड एम्बेस्डर’ तथा मोडेल अनिता यादवले सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टीका अग्नि पीडित ६७ घरपरिवारलाई प्रेसर कुकरलगायतका सरसामानहरु वितरण गरेकी छन् ।

विपद्मा परेका उक्त बस्तीका अग्नि पीडित परिवारहरुलाई ५२ नं. बलिया क्याम्प कतारको सहयोगमा ब्राण्ड एम्बेस्डर मोडेल यादवले प्रेसर कुकर ६७ थान, कराही ६७ थान, थाल ६७ थान, पनियो ६७ थान, लगायतका सामग्रीहरु वितरण गरेकी हुन् । ती आगलागी पीडित परिवारहरुलाई नेपाल यादव युवा संघको सहयोगमा सामान राख्ने ठूलो बक्सा ६७ थान पनि वितरण गरिएको छ ।

आइतबार महादेवा गाउँपालिका– १ चिम्टीमा समाजसेवीहरु क्रमशः रामउद्धगार यादव, ई. संजिव नारायण यादव, रिना झा, ई. शैलेन्द्र यादव, ई. रामजी यादव, ई. नन्दकिशोर यादव, महिला अभियन्ता अनिता यादव, महिला अभियन्ता सविता यादव, ई. ओम प्रकाश यादवलगायत सप्तरी युथका पधिकारीहरुको उपस्थितिमा उक्त सामग्रीहरु वितरण गरिएको छ ।

‘मिसेज द नेशन को ब्राण्ड एम्बेस्डर’ तथा मोडेल यादवले सन् २०१८ मा भएको मिस नेपालमा सेकेण्ड रनरअपको उपाधि पाएकी थिइन् । उनी मोडलिङसँगै राजनीति तथा समाजिक कार्यमा पनि सक्रिय छन् ।

प्रतिक्रिया