गायक हसन राईले ल्याए ‘नायुमा’ को भिडियो

काठमाडौं । गायक हसन राईले ‘नायुमा’ नामक गीतको भिडियो ल्याएका छन् । उनले उक्त गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरेका हुन् । शशि गुरुङको शब्द तथा संगीत रहेको गीतमा हसनको आवाज रहेको छ । गीतमा लुङ्टो क्रियशनको प्रस्तुती रहेको गीतलाई देबेश राईले एरेञ्ज गरेका छन् ।

अमर सृष्टा विक्रम राईप्रति समर्पित म्युजिक भिडियोलाई लुङ्टो क्रियशन अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । किरातहरुको सभ्यतामा आधारित गीतमा युवा पुस्तामाझ चर्चित निर्देशक राजेश पुमा राईले निर्देशन गरेका छन् ।

भिडियोलाई किरात राईहरुको विवाह संस्कारमा आधारित रहेर निर्माण गरिएको छ । उक्त भिडियोमा अभिनेत्री एलिशा राई, मोडल गणेशमान घले र चर्चित कमेडियन उमेश राई (फुलन्देकी आमा) रोलमा अभिनय गरेका छन् ।

भिडियोमा क्रमश, प्रकाश लिम्बु, शिशम वान्तावा राई, दोस्तिहाङ राई, महेन्द्र राई, खेमराज राई, हाङ्सामा लिम्बु लगायत कलाकारहरुको पनि अभिनय छ । गायक हसनले अहिलेसम्म आफूले दुई दर्जनभन्दा बढी गीतहरु रेकर्ड गरिसकेको बताए ।

प्रतिक्रिया