नरेश खातीले ल्याए ‘मै मरी गए’ (भिडियो)

काठमाडौं । गायक तथा संगीतकार नरेश खातीको नयाँ गीत ‘मै मरी गए’ सार्वजनिक भएको छ । नरेश खातीकै शब्द सृजना र संगीत रहेको उक्त गीत मेक्सम–नरेश अफिसियल युट्युब च्यानलमार्फत आइतबार सार्वजनिक भएको हो ।

‘मै मरी गए’ गीतमा नरेश खातीसँगै समिक्षा अधिकारीको आवाज रहेको छ । उक्त गीतको म्युजिक भिडियोमा मेक्सम खाती र रिस्ता बस्नेतको अभिनय रहेको छ । म्युजिक भिडियोको निर्देशन विक्रम चौहानले गरेका छन् भने सम्पादन मनोज कार्कीले गरेका छन् ।

यस अघि नरेश खातीकै शब्द, संगीत र आवाजमा रहेका ‘माया मारेर’, ‘मन परेरै हो’, तिम्रै मायाले, ‘आउनु न फर्केर’, ‘किन रुवाको’, ‘परान पियारा’ ‘मेरो छोरा’ लगायत थुप्रै गीतहरु दर्शकले रुचाएका छन् ।

प्रतिक्रिया