‘जोकर’ को कमाइ १ बिलियन डलर

न्युयोर्क । हलिउड चलचित्र ‘जोकर’ ले विश्व बक्सअफिसमा १ बिलियन डलर कमाइ गरेको छ । यो चलचित्र १ बिलियन डलर कमाउने छैटौँ चलचित्र बनेको छ । यस चलचित्रले घरेलु बजारमा तीन सय ४० मिलियन डलर र ओभरसिजमा आठ सय २० मिलियन डलर कमाइ गरिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यो चलचित्र हालै भेनिस फिल्म फेस्टिभलमा समेत प्रदर्शन गरिएको थियो । जहाँ, यसलाई करिब आठ मिनेट लामो ‘स्ट्यान्डिङ ओवेसन’ मिलेको थियो । यो चलचित्र ‘एभेन्जर्स इन्डगेम’ पछि यो वर्ष सर्वाधिक चर्चामा रहेको छ । ‘जोकर’ मा जोकिन फिनिक्सले आर्थर फ्लेकको भूमिका निर्वाह गरेका छन् । उनको यो भूमिकाको समेत निकै चर्चा भएको छ ।

प्रतिक्रिया