रंग‍-विविध

‘बैनी झ्यालैमा’ सार्वजनिक

सौर्य अनलाइन २०७६ कार्तिक २७ गते ७:०० मा प्रकाशित

काठमाडौं । बहिरा कलाकार अभिनीत गीत ‘बैनी झ्यालैमा’ को भिडियो सार्वजनिक भएको छ । प्रकाश दुतराजको आवाज, शब्द तथा संगीत रहेको उक्त गीतमा कमल सौरागको संगीत संयोजन रहेको छ ।

प्रकाशकै निर्देशन रहेको गीतको भिडियोमा बहिरा कलाकार सुजल बम, श्रद्धा भुसाल, दीप सागरको अभिनय छ भने दोभाषेमा शिलु शर्मा रहेकी छन् । करणले छायांकन गरेको गीतको भिडियोमा उत्तमकुमार कार्की र सागरबाबु भट्टको सम्पादन रहेको छ । भिडियाको प्रोडक्सन म्यानेजर टेक बम हुन् ।

मिस एसइई २०१९ कि चौथो रनरअप बहिरा कलाकार सुजल बमद्वारा अभिनय गरिएको यो दोस्रो म्युजिक भिडियो हो । यसअघि उनले गीतकार डा. डीआर उपाध्यायको गीत ‘झिम झिम परेली…’ मा समेत अभिनय गरेकी थिइन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय