प्रेम र विवाहः मनोवैज्ञानिक विश्लेषण

मानवजातिको अस्तित्वमा कसैद्वारा गरिने भित्री इच्छा लुकेर बसेको हुन्छ , यही इच्छा पूर्ति अथवा अन्तरंग सम्बन्धको परीपूर्तिका निमित्त विवाह गर्ने व्यवस्था गरिएको हो । यस कारण पति पत्नीलाई एक रूप वा एक रथका दुई पाङग्रा भनिएको हो । यसको यस्तो पर्दा पनि लगाउन खोजिएको होइन , उनीहरूले आफ्नो व्यक्तिगत अस्तित्व नै गुमाउनु पर्छ वा गुमाउँछन् । बरू, उनीहरूले एक अर्काको जीवनको गहिराई र घनिष्ट सम्बन्धद्वारा आन्तरिक सम्बन्धतिर प्रवेश गर्छन्, उनीहरूको बीचमा आत्मीयता बढेर जान्छ । मानिसहरूको व्यवहारमा प्रेमको स्थान अति नै महत्वपूर्ण छ तर यसका अनेकाैँ आयामहरू छन् । तिनीहरूको व्याख्या छुट्टै छ ।

वैवाहिक सम्बन्ध प्रेम र अन्तर आत्माको मिलनका निमित्त नै बनाइएको हो , त्यसलाई बढाउन नै यस्तो सम्बन्ध गाँसिन्छ । विवाह नै त्यो ठाँउ हो , त्यो काम हो जुन ठाँउमा (प्रेम माया पिरती ) को गाग्रोलाई भर्न सकिन्छ । जतिखेर पे्रम दुवैतर्फ समान हुन्छ तब विवाहको प्रस्ताव राख्न सुर गर्नुपर्छ किनभने सबै मानिसहरूले यस कुरालाई स्वीकार गरेका छन् ,प्रेममा डुब्नु नै राम्रो र सुखदायी वैवाहिक जीवनको आवश्यक जग हो । विवाह हुनुभन्दा पहिले हाम्रा सपनाहरू वैवाहिक जीवनको सुख र आनन्दका बारेमा हुन्छन् । जब तपाईं प्रेममा डुब्नु हुन्छ तब अरू कुरामा विश्वास गर्नपनि गाह्रो हुन्छ ।

त्यसैले भनिन्छ प्रेम अन्धो हुन्छ । यदि कुनै व्यक्ति नै प्रेममा डुबेको अनुभव व्यक्त गर्छ भने उसले आफ्नो चरम सीमासम्म रोमान्चित हुन्छ । हामीहरू भावनात्मक रूपले एकले अर्काेसित यति धेरै पे्रम गर्छांै कि हरेक समय एक अर्काको विषयमा सोचिरहेका हुन्छौँ । हामी जीवनभरी एक अर्काको गालामा म्वाई खान थाल्छौँ अनि अंगालो मार्न पायौँ भने विवाह र परम आनन्दको सपना अझ बलिया भएर जान्छन् ।

हामी दुई दम्पतीका लागि पे्रमभन्दा ठूलो कुरा केही हुन सक्दैन । हामीहरू एक अर्काको सुन्दरता र आकर्षणमा नै आवद्ध हुनेछौँ । यो समय यस्तो यस्तो हुन्छ , जसले हामीलाई प्रेममय जीवनको सबैभन्दा अचम्मको अनुभव भएको प्रतीक हुन्छ । हामीले पे्रमको वास्तविकता थाहा पाउनु पर्दछ । एक मानिस पे्रमको साथसाथै व्यावहारिक बन्दछ , त्यतिखेर इच्छा आकांक्षाहरूमा फरक आउन थाल्छ । तर, पति पत्नीले सम्झौता गरेर आफ्नो जीवनयात्रालाई अगाडि बढाउनु पर्दछ । जीवनमा फाटो ल्याउनु हुँदैन । वैवाहिक जीवनमा सच्चा प्रेम त्यतिबेला मात्र सुरु हुन्छ , जतिबेला त्यसप्रति आशक्तिपनले मरिमेट्ने कामलाई त्याग्न सकिन्छ । त्यसपछि सहज र यथार्थ अवस्थामा स्थायी पे्रम कायम हुन सक्छ ।

वास्तविक प्रेम भनेको त्यो प्रेम हो जुन सोचविचार गरेर ,तर्क वितर्क गरेर छानिएको विकसित अवस्थामा हुन्छ । इन्द्रियको आवश्यकता पूरा गर्नै क्रिया त बासना मात्र हो । हामी सबैले यस्तो भावनाको विकास गर्न सक्नु पर्छ । ‘मलाई माया दिन तथा गर्न कसैको आवश्यकता छ । मलाई उसले छानोस्,प्रेम गर्नका निमित्त त्यस्तो कुनै राम्रो गुण देखोस् अनि मात्र सही प्रेम हुन र गर्न सकिन्छ ।” पे्रमका निमित्त अनेकौँ प्रयास र अनुशासनको समेत आवश्यकता पर्छ । या त आफ्नो इच्छाद्वारा आफूले चाहाना गरेको व्याक्तिले समेत फाइदा लिन सकोस् भन्ने हुनुपर्दछ । यस्तो खालको प्रेम «ारा आपूmले चाहेको व्याक्तिको जीवन पनि खुसी समृद्धशाली हुन्छ भन्ने कुरालाई पुष्टि गर्ने खालको हुन्छ ।

प्रेममा डुबुल्की मार्ने अवस्थामा प्रेमी प्रेमीकाे गुणलाई पनि महत्व दिनुपर्दछ । रूपमा मात्र डुबेर प्रेम गर्नु हुँदैन । आफ्नो मान्छेको बानी व्यहोरा , बुद्धि, इच्छा ,प्रतिष्ठा सबैको ध्यान दिनु पर्दछ । आवेश र हतारमा आएर गरिएका कुनै पनि काम लामो समयसम्म चल्न सक्दैन । त्यसमा पनि प्रेम त अवस्थाअनुसार अति कोमल हुन्छ । वैवाहिक जीवनमा वास्तविक प्रेमको अत्यन्तै महत्व छ ।

जसको जीवनसाथीको भावनात्मक प्रेमको गाग्रो भरिएको हुन्छ , उसैको प्रेमको सुरक्षाको अनुभव गर्न सक्छ । त्यसबाट नै सम्पूर्ण संसार रंगीन देखिन थाल्छ , जतासुकै उज्यालो देखिन थाल्छ । खुसीयाली उत्पन्न हुन थाल्छ अनि पछि आफ्नो जीवनकोे खुसीयालीको उचाइसम्म सजिलै पुग्न सक्छ । मानिसले गर्ने पे्रम भनेको स्वच्छ मनोभवना र राम्रो व्यवहारद्वारा नै गर्न सक्छ । मानिस ढुंगालाई देवता मान्न सक्छ भने एक मानवले अर्काे मानवलाई प्रेम गर्न किन सक्दैन ? तर मानवले मानव बन्न सक्नुपर्छ , दानव होइन । हुन त प्रेममा डुबेको अनुभव अति नै रोमाञ्चक हुन्छ तर त्यो थोरै समयका लागि आत्मकेन्द्रित हुन्छ । जुन प्रेमले तपाईंको जीवन साथीको भावनात्मक अवस्था प्रेममा साँचो रूपले योगदान दिन्छ, त्यो तर्क , इच्छा र अनुशासनमा आधारित हुन्छ । यसैगरी नै प्रेममा परिवर्तन र पूर्णताको सम्भावना रहेको हुन्छ ।

पति पत्नीले वैवाहिक जीवनमा प्रेममय वातावरण ल्याउन एक अर्काको तारिफ गर्न पछि पर्नु हँुदैन , नियमित रूपमा गरिएको प्रयोगले वैवाहिक जीवनमा उच्च स्तरमा उठाउन सकिन्छ । पति देवले कुनै राम्रो काम गर्नुभयो भने त्यसको प्रशंसा गर्न पत्नी पछि पर्नु हुँदैन भने पत्नीको रूपको समेत पतीले खुलेरै तारिफ गर्नु पर्दछ । तबमात्र वैवाहिक जीवन सफलताको गोरेटोमा अगाडि बढ्न सक्दछ । आफ्नो जीवनसाथीको लागि उत्साहवर्धक या प्रेरणा दिने खालका शब्दहरू प्रयोग गर्नु पर्दछ । उत्साहको अर्थ हो –साहास दिलाउनु ,हौसला दिनु । हामी सबै जनाले कुनै न कुनै ठाउँमा असुरक्षाको अनुभव गर्छांै , हामीमा साहासको कमी हुन्छ , यसैको कमीको कारण जतिसुकै राम्रो काम गर्न चाहे पनि गर्न सक्दैनौँ ।

तपाईंको जीवन साथीको भित्र अन्तरआत्मामा लुकेको योग्यता , क्षमता त्यतिबेला मात्र देखिन सक्छ , तब तपार्इंले उत्साह बृद्धि गर्ने खालका शब्दहरूको प्रयोग गरेर ऊसित बोल्नुहुन्छ , तब उसमा रहेको असुरक्षाको भावना समाप्त भएर जान्छ । तपार्इंका उत्साहपूर्ण शब्दले तपाईंकै जीवनसाथीको लागि जीवनको पहिलो कदम चाल्नकालागि आवश्यक र साहसिलो प्रेरणा दिन सक्छ ।

प्रेममा गल्तीहरूका हिसाब किताब राखिनु हुन्न । प्रेममा बितिसकेको समय र कामको असफलताको पनि कुनै महत्व रहदैन , यसको लेखाजोखा गरिदैन । हामीमध्ये कोही पनि आदर्शवान छैनौँ । दाम्पत्य जीवनमा हामी सबैले सबै काम ठीक गर्छौं भन्ने हुँदैन । हामीमध्ये कतिले कयौँ पटक आफ्नो जीवनसाथीलाई भावनात्मक चोट पु¥याएका छौँ । जे होस् हामीले अतितलाई बदलन सक्दैनौँ तर आफ्ना गल्तीहरूलाई भने सहजै स्वीकार गर्न र सच्याउन सक्छौँ । जति खेर कुनै गल्ती गर्छौं त्यतिखेर सच्चा हृदयले माफी माग्याँै भने त हामीसित न्यायमा माफीको विकल्प रहँदैन ।

यदी हामीले एक अर्काप्रति अन्तरंग सम्बन्धमा , आत्मीयता बनाईएको हो भने हामीले एक अर्काको इच्छा , भावना जान्न आवश्यक हुन्छ । यदि हामीले आपसमा प्रेम गर्न चाहान्छौँ भने आफ्नो पे्रमी वा पे्रमीकाले के चाहेको छ भन्ने कुरा बुझ्नुपर्छ । आफ्नो जीवनसाथीको भावना बुझेर काम गरेमात्र वैवाहिक जीवन सफल हुनेमा कुनै शंका छैन । हामीले हिजोका दिनहरूको असफलताबाट मुक्त भएर वर्तमानको दिनहरूमा आनन्दले बाँच्नका निमित्त प्रतिज्ञा गर्न सक्छाँै । माफी दिनुभनेको प्रेमको अभिव्यक्ति हो । गल्तीको बदलामा म तिमीलाई माया गर्छु मैले तिम्रो ख्याल राखेको छु , मैले बिर्सिएको छैन, त्यसैले तिमीलाई माफ गर्ने सोचाई बनाएको छु । तिमी मेरो जीवनसाथी हौ, त्यसैले हामी दुईजना मिलेर एकै साथ हिँडौँ , एकै साथमा बसौँ ।” जस्ता शब्दहरू दयालु भावाना भर्नमा एक अर्काको प्रेमलाई सजीव बनाउँछन् ।

प्रेमले आग्रह गर्छ माग गर्दैन । विवाहित जोडीले आत्मीयतालई विकसित गर्ने हो भने त एकले अर्काको इच्छा जान्न आवश्यक हुन्छ । त्यसैगरी एक अर्काेप्रति प्रेम गर्न चाहान्छन् भने त आफ्नो सामु रहेको व्याक्ति वा मन पराएको व्याक्तिले के कुरा चाहेको छ , त्यो कुरा बुझ्नु पर्दछ । जब तपाईंले आफ्नो जीवनसाथीसित आग्रह गर्नुहुन्छ , तब तपाईंले उसको योग्यता र स्वाभिमानिलाई सकारात्म्क समर्थन दिनु हुन्छ । उसित पनि क्षमता छ , उसले केही गर्न सक्छ भन्ने भावना दर्शाउनु हुन्छ भने तपाईका लागि अर्थपूर्ण तथा महत्वपूर्ण हुन्छ । एकले अर्काे व्याक्तिलाई गरिएको आग्रहमा छनोट गर्न पाउने तत्व लुकेको हुन्छ । तपार्इंको साथीले त्यो आग्रहलाई स्वीकार गर्न पनि सक्छन् ,किनभने प्रेमको अर्थ नै छनोट गर्नु हो । जुनसुकै प्रेमी र प्रेमीकाको बीचमा आपसी विश्वास र सहमतिका कारणले नै प्रेम दिगो हुन्छ ।

प्रचलित अंग्रेजी उक्ति छ जीवनमा सफलता प्राप्त गर्ने एउटा सिद्धान्त छ , त्यो हो –प्रेम गर्न सिक्नु । पे्रमलाई दिगो बनाउने हो भने पति पत्नी एकै साथमा बसेर समय व्यतित गर्नु पर्दछ । पति–पत्नी शान्त वातावरणमा आनन्द बसेर ,दिनमा केही समयमात्र भए पनि आफ्नो मनोभाव व्यक्त गर्न सक्नुपर्छ ,त्यस्तो प्रतिबद्ध समय नै प्रेमको सूत्रभित्र पर्छ । पति पत्नी सोफामा बसेर टि.भी. हेर्नुभन्दा त्यसलाई बन्द गरेर एकले अर्काेलाई हेर्ने ,एक आपसमा कुरा गर्ने (चाहे आफ्ना मनोभाव हुन वा घरायसी र व्यवहारिक हुन् ) गर्नुपर्दछ । यसको अर्थ यो पनि हो की एकै साथमा मिलेर घुुम्न जानु वा कुनै रेष्टुरेन्ट अथवा होटलमा खाना खान जानु अनि आम्ने साम्ने (मुखामुख ) भएर कुरा गर्नु ।

प्रतिबद्ध समयको मुख्य उद्देश्य हो , सँगसँगै बस्नु एकत्वपन मेरो अर्थमा भने निकटता मात्र होइन । एकै साथमा बस्नुको अर्थ हो , एक अर्कासित केन्द्रित रहेको एकाग्रता । हामीले एकै साथमा बसेर एकै खाले सोच विचार तथा समानताको आधारमा जीवन चलाउनु अनि जीवनसाथीप्रति एकाग्र रूपमा ध्यान दिनुपर्दछ । कुनै समान गतिविधिमा समय बिताउनु वा राम्रो कुराको प्रदर्शन गर्नु भनेको एकले अर्काेप्रति ध्यान दिनु हो ।

किनकी हामीहरू एक अर्काेसित मिलेर काम गर्न मन पराउँछौँ । वैवाहिक जीवनलाई प्रेममय बनाउन पति पत्नीले बोलीचालीमा पनि ध्यान दिनुपर्दछ । सहानुभूतिपूर्ण वार्तालाप जसमा दुईजनाले आफ्नो अनुभव , विचार , भावना र इच्छा मित्रता पूर्ण पृष्ठभूमिमा आदानप्रदान गर्नसक्छन् । यस विषयमा पति पत्नी चनाखो हुनुपर्दछ । प्रतिबद्ध कुराकानीमा सहानुभूतिपूर्वक कुरा सुन्नुमात्र होइन, त्यति नै मात्रामा बोल्न पनि आवश्यक हुन्छ ।

उपहार प्रेम र विवाहको अभिन्न अंग हो । सबैखाले संस्कृतिमा उपाहार दिनु भनेको प्रेम र विवाहको प्रक्रियामा एउटा अटुट अंग नै मानिन्छ । उपहार दिनु र लिनु प्रेमको अभिव्यक्ति पनि हो । उपहार भनेको प्रेमलाई देखाउने खालको प्रतीक हो । उपहारलाई विचारको सूचक पनि भन्न सकिन्छ । उपहार भनेको एक रुपैयाँ पनि एक करोड जस्तै हुन सक्छ । उपहारको छनोट गर्नु पनि एउटा ठूलो कला हो । आपूmलाई मनपर्ने मानिसलाई आफ्नो रोजाईको उपहार दिनु भनेको महान कार्य हो । प्रेम र विवाहमा धेरै कुराले महत्व राख्दछन् । त्यसलाई यति सानो लेखमा समेट्ने असम्भव छ तर पनि प्रेम र विवाहमा मनोवैज्ञानिक ढंगले विश्लेषण गर्ने प्रयत्न गरौँ । हामी पनि एक अर्कालाई माया गरौँ र विश्वलाई प्रेममय बनाऔँ ।

प्रतिक्रिया