बलत्कारको आरोप लागेका महराको डीएनए जाँच गरिने

काठमाडौँ । महिला सरकारी कर्मचारी रोशनी शाहीमाथि बलत्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको डीएनए जाँच गरिने भएको छ ।

उक्त घटनाको आरोप लागेपछि पक्राउ परेका महरा संलग्न भएको घटनास्थलबाट बरामद गरिएका फुटेको चस्मा, जुत्ताको भित्री भाग लगायतका सामग्री महराको हो होइन भन्ने प्रमाणित गर्न महराको डीएनए जाँच गर्न लागिएको जनाइएको छ ।

डीएनए परिक्षणको नमूना उल्लेखित सामग्रीमा हुने पसिनासँग मेल खाएमा उनीमाथि लागेको आरोप पुष्टि गर्न प्रहरीलाई सहज हुने प्रहरीको भनाई छ ।

प्रतिक्रिया