बेनिशालाई भूतले तर्सायो

काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘घर’ की अभिनेत्री बेनिशा हमाललाई कालिमाटीस्थित ‘चेली मेकअप स्टुडियो’ मा दिउँसै भूतले तर्साएको छ ।

स्टुडियोको वार्षिकोत्सवमा विशिष्ट अतिथि बनेर पुगेकी बेनिशालाई स्वागत गर्ने क्रममा भूतको रूपमा आएका कलाकारले तर्साएका हुन् । कलाकार तथा पत्रकार सरीता भारती नाच्दै जब भूत बनेर बेनिशाको अगाडि एक्कासी आइन् । बेनिशा चिच्याएर कार्यक्रम आयोजक एवं मेकअप आर्टिस्ट बिना थापामगरसँग अँकमाल गर्न पुगिन् ।

अभिनेत्री बेनिशाले भनिन्, ‘मैले सोचेकी थिइन् यसरी भूत नाच्न आउँछ भनेर । घरको प्रोमोसनका लागि यस्तो गरिदिनु भएकोमा आभारी छु ।’ हरर जनरामा निर्माण भएको उनको चलचित्र ‘घर’ हेरेर धेरै दर्शक हलमा तर्सिरहेको बेला बेनिशालाई कार्यक्रममा स्वागतको क्रममा भूत बनेर कलाकारले तर्साएका रहेछन् ।

करिब दुई घन्टा लगाएर बिनाले सरीतालाई मेकअपमार्फत भूतको रूपमा उतारेकी थिइन् । चलचित्र ‘घर’ लाई लक्षित गरेर बेनिशासहित अन्य अतिथिको स्वागत भूतबाट गरिएको पनि बिनाले जनाकारी दिइन् । उनले भनिन्, ‘मेकअप स्टुडियो भएकाले केही फरक गरौँ भनेर पनि हामीले यो तरिका अपनाएका हौं ।’

बेनिशाले आउँदा दिनमा आफूले पनि चेली मेकपअ स्टुडियोबाट सेवा लिने बताइन् । चेलीमा गुणस्तरीय सेवा र राम्रो प्रशिक्षण हुने भन्ने जानकारी पाउँदा खुसी लागेको पनि बेनिशाले बताइन् । स्टुडियोमा मेकअप प्रशिक्षण लिएका ३५ जना विधार्थीलाई अभिनेत्री बेनिशाको हातबाट प्रमाणपत्र प्रदान गरिएको थियो । आफ्नो चलचित्र घरले दर्शकलाई तर्साउन सफल भएको बताउँदै बेनिशाले भनिन्, ‘घर भन्ने बित्तिकै हामीले आफू बस्ने ठाउँ भनेर बुझ्छौं, एउटा घर आफ्नो होस् भन्ने सबैको चाहाना हुन्छ । तर, त्यस्तो कुनै घरभित्र भूत पनि हुन्छ भन्ने चलचित्रमा देखाइएको छ ।’

कार्यक्रममा नेपाल कस्मेटिक व्यवसायी संघका अध्यक्ष लक्ष्मीप्रसाद पौडेल, वादी हर्बलका अध्यक्ष मुकुन्द फुयाँल र नेचर इसेन्स एवं कलर इसेन्सका कन्ट्री म्यानेजर रमेश उप्रेतीले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया