यसरी टुंगियो नेकपाको इञ्चार्ज र सह–इञ्चार्ज (नामसहित)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले जिल्लाको इन्चार्ज र सह– इन्चार्जको टुंगोलगाएको छ । नेकपाको आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले जिल्ला इञ्चार्ज र सह–इञ्चार्जको टुंगोलगाएको हो । यस्तै ६ महानगरपालिकाको इन्चार्ज र सह–इञ्चार्जलाई कार्यसमितिकै हैसियतमा रहने गरी टुंगो लगाइएको छ ।

पूर्व सहमति अनुसार तत्कालीन एमालेले ४५ र तत्कालीन माओवादीले ३८ जिल्ला इञ्चार्ज पाएको छ । तत्कालीन एमालेको भागमा इञ्चार्ज परेको जिल्लामा तत्कालीन माओवादीको सह–इञ्चार्ज र तत्कालीन माओवादीको इञ्चार्ज भएको जिल्लामा तत्कालीन एमालेको सह–इञ्चार्ज र ।

तत्कालीन एमाले र माओवादी केन्द्रका तत्कालीन इञ्चार्जहरूले नै इञ्चार्ज र सह–इञ्चार्जको जिम्मेवारी पाएका छन् । बैठकमा ३२ वटै विभागको नेतृत्वबारे पनि छलफल भए पनि नेतृत्व चयन भने हुन सकेन । जिल्ला सह–इन्चार्ज र विभागको नेतृत्वबारे छलफल गर्न सचिवालयको अर्को बैठक मंगलबार बस्ने छ ।

प्रतिक्रिया