तुलसीपुर उपमहानगरपालिका प्रशंसनीय कार्यहरू

चालू आ.व. मा यस पालिकाले करिब १० किमी सडक कालोपत्रे, ५२ किमि सडक खण्डास्मित र ३९ किमि कच्ची मोटर बाटो निर्माण गरेको छ । यस पालिकाले एमबिबिएस डाक्टरसहितको एउटा सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र र अन्य ८ ओटा स्वास्थ्य नगर केन्द्र सञ्चालनमा ल्याएको छ 

घनश्याम पाण्डे, तुलसीपुर उपमहानगरपालिकाको मेयर हुनुहुन्छ । उहाँसँग यस पंक्तिकारको थुप्रै कार्यक्रममा पटकपटक भेट भइरहेको थियो । प्रत्येक भेटमा उहाँ एकपटक तुलसीपुर पालिकामा आएर आफूले जानेका, बुझेका, भोगेका विचार व्यक्त गरिदिन आग्रह गर्नुहुन्थ्यो ।

यसै सन्दर्भमा ०७६ जेठ १७ गतेको साईत जु¥यो र यो पंक्तीकार तुलसीपुर उपमहानगरपालिका पुग्यो । जहाँ मेयरको अलावा उपमेयर माया शर्मा, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, राजनीतिक दलका नेताहरू, सञ्चारकर्मी र नागरिक समाजका अगुवाहरू सहितको डेढ दुई सयको नेतृत्वपंक्तिसँग स्थानीय सरकार सञ्चालन र बजेट निर्माणका सूत्र सम्बन्धमा छलफल गर्ने अवसर जु¥यो ।

मेरो प्रस्तुतीबाट सबैजना प्रशन्न हुनु भयो र प्रमुख प्रशासकीय अधिकृत आनन्द सारू तथा प्रेश संयोजक बसन्त आचार्यले सो पालिकाले सम्पादन गरेका असल अभ्यासको पोको हस्तान्तर गर्नुभयो । अन्तरक्रियामा प्राप्त सूचना र पालिकाबाट प्राप्त कागजात अध्ययन गर्दा तुलसीपुर उपमहानगरपालिकाले सम्पादन गरेका कैयौँ काम मुलुकका अन्य पालिकाका लागि अनुकरणीय हुने सम्झी यो आलेख तयार गरेको छु ।

दाङ जिल्लामा रहेको तुलसीपुर उपमहानगरपालिका आफूलाई समुन्नत, समृद्ध र सुशासनयुक्त तुल्याउँदै नगरवासीको अनुहारमा खुसी ल्याउने संकल्पपूरा गर्न निरन्तर अग्रसर छ । विगत १७÷१८ वर्ष पालिकामा जनप्रतिनिधिको रिक्ततालाई यस पालिकाले विगत २ वर्षमा जनतालाई अनुभूति हुने गरी आफ्नो उपस्थिति देखाएको छ । सिमित साधन–स्रोतको घेरामा रहेर आम जनताको असिमित चाहना पूरा गर्नु स्वयंमा चुनौतिपूर्ण छ । तथापी यस पालिकाले चालू आ. ब. मा रू. एक अर्ब ५७ करोड ४१ लाख ९१ हजार २ सय सात रूपैयाँको बजेट मार्फत थुप्रै लोकप्रिय कार्यक्रम गर्न सफलता हासिल गरेको छ ।

चालू आ. ब. मा १ हजार ४ सय ७६ योजना छनोट गरिएकोमा हालसम्म १ हजार ८२ योजना सम्पन्न भैसकेको पालिकाले जनाएको छ । तुलसीपुर पालिकाले मातृ शिशु सुरक्षा कार्यक्रम सञ्चालन गरेको छ । यस कार्यक्रममा नवजात शिशु र गर्भवती महिलालाई क्रमशः न्यानो कपडा, पोषिलो खाना र भत्ता उपलब्ध गराईन्छ । हालसम्म यस कार्यक्रमबाट २७ सयभन्दा बढि महिला लाभान्भित भैसकेका छन् । यस पालिकाले सुरक्षित आवास कार्यक्रम पनि सञ्चालन गरेको छ । यस कार्यक्रमबाट तुलसीपुरले करिब ५ सय ओटा खरको छाना विस्थापित गरी कर्कटपाताको छाना राख्न सफल भएको छ । यस्ता कार्यक्रम अन्य पालिकाका लागि अनुशरणयोग्य छन् ।

तुलसीपुरको गौरव योजनाकारूपमा आधुनिक बस टर्मिनल भवन निर्माण गरेको छ । यो भवन छिट्टै सञ्चालनमा आउने पालिकाले जनाएको छ । यसैगरी नमूना तुलसीपुर अटो भिलेज निर्माण भई सञ्चालनमा आएको छ भने तुलसी ट्रेड टावरको डिपिआर र भवन डिजाईनको काम सम्पन्न हुने क्रममा रहेको छ । चालू आ. ब. मा यस पालिकाले करिब १० किमी सडक कालोपत्रे, ५२ किमि सडक खण्डास्मित र ३९ किमि कच्ची मोटर बाटो निर्माण गरेको छ । यस पालिकाले एमबिबिएस डाक्टर सहितको एउटा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र र अन्य आठ ओटा स्वास्थ्य नगर केन्द्र सञ्चालनमा ल्याएको छ ।

आफ्नो पालिकाभित्र रहेका सामुदायिक स्कूललाई व्यवस्थित गरेका कारण करिब २० प्रतिशतले भर्ना दर वृद्धि भएको पालिकाको भनाई छ । यस पालिकाले गुणस्तरीय शिक्षा र अंग्रेजी भाषाको माध्यमद्वारा पठन–पाठन गर्ने दुवै रणनीति अख्तियार गरेको छ । अन्य पालिकालाई मननयोग्य हुने गरी तुलसीपुर पालिकाले सामुदायिक स्कूलका व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकसँग कार्य सम्पादन करार पनि गरेको छ । यस अतिरिक्त टिच फर नेपालसँगको सहकार्यबाट पनि तुलसीपुरले गुणस्तरीय शिक्षा प्रदान गर्ने र विपन्न एवं जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको माध्यमबाट उत्प्रेरित गर्ने नीति अख्तियार गरेको पाइन्छ ।

तुलसीपुर उपमहानगरपालिका दीर्घकालीन सोचसहितको गुरूयोजना, एकीकृत सहरी विकास योजना, भू–उपयोग नीति, यातायात गुरूयोजना, स्पोट्स सिटी र स्मार्ट सिटी योजना, पर्यटन गुरूयोजना र उद्यमशीलताका क्षेत्रमा रणनीतिहरू तय गरी अघि बढिरहेको छ । यस पालिकाले दोघरे दमारगाउँ प्रतापकोट बल्ले सडक कालोपत्रे गर्ने लगायतका नगर गौरवका योजना तर्जुमा गरेको छ । यो पालिका चक्रपथ निर्माणको काममा पनि अघि बढेको छ ।

यी र यस्ता बृहत्तर पूर्वाधारको काम गर्न तुलसीपुर विकास बोर्ड गठन गर्ने सोचमा पालिका अघि बढेको छ । बिगत लामो समयदेखि हवाई उडान बन्द भएको दरिगाउँ विमानस्थल पालिकाको पहलमा सञ्चालनमा आएको छ । प्रत्येक स्कूलमा प्राविधिक शिक्षा प्रदान गर्नुपर्छ भन्ने सोचअनुरूप यस पालिकाले आफूसँग रहेका विद्यालयमा १० लाखका दरले बजेट उपलब्ध गराएको छ । यस पालिकाले मेट्रो कलेज सञ्चालनको पनि ध्येय लिएको छ । विपत्मा परेकालाई उद्धार, राहत र पुनस्र्थापना गर्न तुलसीपुरले मेयर विपद व्यवस्थापन कोष खडा गरेको छ । यस पालिकाले वडागतरूपमै अनलाईन घटना दर्ता कार्यक्रम आरम्भ गरेको छ । यसबाट पालिकासम्म धाउनुपर्ने बाध्यता हटेको छ ।

तुलसीपुरले सबै नगरवासीलाई लोडसेडिङ नहुने गरी विद्युत सेवा प्रदान गर्ने कामलाई अभियानको रूपमा अघि बढाएको छ । दाङ उपत्यका एउटा विशाल समथर भू–भाग भएपनि उचित सिँचाइको सेवा पुग्न सकेको छैन । यो एक प्रकारले अन्नको भण्डार नै हो ।यसर्थ तुलसीपुर पालिकाले पक्की कुलो र स्यालो ट्युबेल जडानको काम पनि आरम्भ गरेको छ । यो पालिका नगरको ब्युटिफिकेसनमा पनि जुटेको छ । जसअनुसार सडक अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउने कार्य अघि बढेको छ ।

साथै पालिकाभित्र उपलब्ध स्रोत, साधन, सीप एवं संभावनाका आधारमा आर्थिक विकासका गतिविधि बढाउने ध्येयले लगानी सम्मेलन गर्ने योजना बनाइएको छ । खानेपानी र सरसफाइको प्रबन्ध गर्ने कामको जिम्मेवारी उपभोक्ता समूहलाई दिन खोजिएको छ । सडकमा जेब्रा क्रसिङ निर्माण गरिएको छ । पालिकाबाट सडकको फोहोर उठाउन सवारी साधनको व्यवस्था गरिएको छ । एम्बुलेन्स खरिद भइसकेको छ

तुलसीपुर पालिकाले स्मार्ट छोरी कार्यक्रम सञ्चालन गरेको छ । यसअन्तर्गत एक सय १५ किशोरीहरूलाई आत्मरक्षा लगायतको तालिम दिइएको छ । यसैगरी उज्यालो तुलसीपुर अभियानअन्तर्गत एक सय १४ जनाको मोतियाबिन्दुको निःशुल्क अपरेशन गरिएको छ । यस पालिकाले ‘स्वस्थ नागरिक सम्पन्नताको आधार’ भन्ने नारालाई सार्थक तुल्याउन पाठेघरको क्यान्सर, मानसिक रोग, मुटु रोग, मिर्गौला रोग र थाईराइडसम्बन्धी निःशुल्क रूपमा विशेषज्ञ चिकित्सकको एकीकृत स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

यस पालिकाले एम्बुलेन्सको अलावा स्वास्थ्य चौकीमा प्रयोगशाला पनि स्थापना गरेको छ । साथै बर्थिङ सेन्टर पनि खडा गरेको छ । यस पालिकाले स्वास्थ्य सेवा झैँ खेलकुदलाई पनि उच्च प्राथमिकता दिएको छ । एक वडा एक खेल मैदानसहित स्पोर्ट सिटी घोषणा गर्ने यस पालिकाको सोच रहेको छ । साथै पालिकाले हेल्लो मेयर कार्यक्रम पनि सञ्चालन गरेको छ । यस अतिरिक्त तुलसीपुर नगरलाई हरित नगर तुल्याउन पालिकाले ३० हजार कृषकलाई विरूवा वितरण गर्ने लक्ष्य लिएको छ । हालसम्म १० हजार विरूवा वितरण गरिसकेको पालिकाले जनाएको छ ।

तुलसीपुर पालिका आफ्नो नगरलाई टोबाको फ्रि बनाउने लक्ष्यमा पनि भिडेको छ । जस अनुरूप सुर्तिजन्य वस्तुको उत्पादन र उपभोगलाई पालिकाले निरूत्साहित गर्दै लगेको छ । यस पालिकाले जेष्ठ नागरिक र अपांगता भएकालाई परिचय पत्र वितरण गरेको छ । ‘जेष्ठ नागरिकको सम्मान–तुलसीपुरको सम्मान’ कार्यक्रमअन्तर्गत ४ सय ३५ जना जेष्ठ नागरिकलाई यस पालिकाले न्यानो कपडा वितरण गरेको छ । आगामी वर्षदेखि वर्षमा कम्तिमा दुईपटक जेष्ठ नागरिकलाई घर घरमै चिकित्सकद्वारा स्वास्थ्य परीक्षणको सेवा उपलब्ध गराउने पालिकाको लक्ष्य रहेको छ ।

यस पालिकाले हालसम्म २० ओटा मोटरमा जिपिएस ट्रयाकिङ सिस्टम जडान गरिसकेको छ । यो पालिकाले नमूना अटो भिलेज कार्यक्रम सञ्चालन गरेको छ । पालिकाभित्र डिजिटल हाजिरी व्यवस्था गरिएको छ । सेवाग्राहीलाई ‘फस्ट कम फस्ट सर्व’ गर्न विद्युतीय कुपन प्रणाली प्रयोगमा ल्याएको छ । हाम्रो तुलसीपुर राम्रो तुलसीपुर भन्ने कर्णप्रिय नाराको प्रयोग आरम्भ गरेको यस पालिकाले वधशाला व्यवस्थापन, रक्त सञ्चार केन्द्र सञ्चालन र योग केन्द्रहरूको स्थापना गरी आफूलाई मुलुकमै उत्कृष्ट पालिकाको पंक्तिमा पु¥याउने भगिरथ प्रयास गरिरहेको महशुस हुन्छ ।

एक सय ६२ ओटा सहकारी संस्था यस पालिकामा सूचीकृत भएका छन् । यस पालिकाले तरकारी र फलफूल बजारलाई व्यवस्थित गर्दैछ । होटल तथा रेष्टुराँहरूको स्तर निर्धारण गरी स्टिकर लगाउने काम आरम्भ भएको छ । यस पालिकाद्वारा कृषक पाठशाला कार्यक्रम सञ्चालन भएको छ । सार्वजनिक निजी साझेदारीमा लिप्mट सिँचाइ सञ्चालन भएको छ । यस पालिकाले पशुपंक्षी व्यवसाय प्रवद्र्धनमा पनि जोड दिएको छ । किसानलाई बोयर बाख्रा, डिप फ्रिज र उन्नत जातका धानको बिउ वितरण गरेको छ । यो पालिका फलफूलमा आत्मनिर्भर हुने अभियानमा जुटेको छ । शिविर सञ्चालन गरी व्यवसाय दर्ताको दायरा फराकिलो पारिँदै छ । राप्ती शान्ति उद्यानमा मिनी चिडियाखानाको निर्माण र वनस्पति उद्यान निर्माणको काम पनि अघि बढेको छ । यसैगरी, यस पालिकाले उद्योग ग्राम स्थापनाको सम्भाव्यता अध्ययनको कामलाई अघि बढाएको छ ।

तुलसीपुर पालिकाले आमाको माया कार्यक्रम सञ्चालन गरेको छ । बजार व्यवस्थापनमा पालिका जुर्मुराएको छ । अरनिको खेल मैदानको स्तरोन्नति गरिएको छ । तुलसीपुरमा रहेको पुष्पलाल पार्कको सञ्चालन गरिएको छ । पालिकामा डिजिटल सूचना पाटी टाँसिएको छ । पालिकाले बृहत् साहित्यिक कार्यक्रम गरेको छ । अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरेको छ । लागुऔषधविरुद्धको अभियान सञ्चालन गरेको छ । फोहोरलाई मोहोरमा रूपान्तरित गर्ने कार्यक्रमको तयारीमा पालिका जुटेको छ ।

पालिकाले सिसी टिभीको व्यवस्था गर्नुका साथै गर्भवती र सुत्केरी आमाहरूको डिजिटल रेकर्ड राख्न आरम्भ गरेको छ । अनलाइनबाट सम्पत्ति कर बुझाउन सकिने प्रबन्ध गरिएको छ । हालसम्म यस पालिकाले ४४ ओटा ऐन, नियमावली, कार्यविधि र निर्देशिका तर्जुमा गरी लागू गरेको छ । कार्यालय सञ्चालनमा विभिन्न सफ्टवेयर निर्माण गर्नुका साथै विकासको कामको चुस्त ढंगले अनुगमन गर्ने प्रबन्ध गरिएको छ । यी कार्य पनि अन्य पालिकाका लागि मननयोग्य पक्षका रूपमा दृष्टिगोचर हुन्छ ।

तुलसीपुरले रू. ५० लाखको विपत् व्यवस्थापन कोष खडा गरेको छ । विभिन्न स्थानमा जाली, तटबन्धनलगायतको काम गरी बाढीको जोखिम न्यूनीकरण गरेको छ । यस पालिकाले हरेक मंगलबार ग्रीन तुलसीपुर क्लिन तुलसीपुर कार्यक्रम सञ्चालन गरिआएको छ । २० माइक्रोनभन्दा तलका प्लास्टिक कप, प्लेट र गिलासको प्रयोगमा रोक लगाएको छ । सूचनाको प्रभावकारी सम्प्रेषणमा फेसबुक र ट्विटरको प्रयोग बढाएको छ । आम नागरिकमा न्यायिक सहजताको भावना अभिवृद्धि गरेको छ । किशोरीहरूका लागि सामुदायिक विद्यालयमा प्याड वितरण कार्यक्रम सञ्चालन गरेको छ ।

कानुनी परिपक्वतासहित पालिका विधिको शासनमा डोरिन चाहेको छ । यस पालिकाले बालबालिकाको पुनस्र्थापनाको कार्य पनि गरेको छ । यस पालिकाले चार वर्षे उद्यमशीलता योजना निर्माण गरेको छ । यो पालिका विद्यालय गाभ्ने अभियानमा पनि जुटेको छ । यसरी तुलसीपुर उपमहानगरपालिका संविधान र कानुनले आफूलाई प्रदान गरेको सबै प्रकारका जिम्मेवारीको इमान्दार कार्यान्वयनमा खरो उत्रिएको सुखद अनुभूति हुन्छ ।

प्रतिक्रिया