लुकीछिपीमा मुकुन

काठमाडौं । अभिनेता मुकुन भुषालउर्फ ‘चोपेन्द्र’ ले अभिनय गरेको ‘लुकीछिपी किन मायामा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । चलचित्र ‘बुलबुल’ मा काम गरेर तारिफ बटुल्न सफल अभिनेता भुषालले गीतको भिडियोमा अभिनेत्री सुरविना कार्कीसँगको अव्यक्त प्रेमलाई देखाएका छन् ।

गणेश सेन्चुरीको शब्द, संगीत तथा स्वर रहेको उक्तमा गीतमा एकापसमा मनपराउनेको अव्यक्त प्रेम झल्काइएको छ । नवीन चौहानले निर्देशन गरेको गीतको भिडियो सामान्य प्रस्तुतिमा पनि निकै राम्रो बनेको छ । गाउँले परिवेशलाई कलात्मक रूपमा तयार पारिएको भिडियोले हिमाली जनजीवनलाई समेत प्रस्तुत गरेको छ ।

भिडियोमा मुकुन र सुरविनासँगै मनिष तामाङ तथा अनु काफ्ले फिचर्ड छन् । भिडियोमा निशल पौडेलको छायांकन, भीम विश्वकर्माको सम्पादन छ ।

गीतमा कोविद बज्रको म्युजिक एरेन्ज, मिक्सिङ र मास्टरिङ छ भने शार्दुल श्रेष्ठले साउन्ड इन्जिनियरिङको काम गरेका छन् । आर्टमान्टु नेपालले निर्माण गरेको भिडियोमा संजीवरत्न शाक्यले रङ संयोजन गरेका छन् ।

प्रतिक्रिया