हाेलीकाे राैनकमा बालदेखि वृद्धसम्म

अर्घाखाँची । रङ, अबिर र उमंगको पर्व होलीमा विगतका वर्षहरूमा भन्दा यो वर्ष अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा साना बालबालिकादेखि वृद्धसम्म आफूअाफू बीचमा रङ दलेर निकै उत्साहपूर्वक होलीमा रमाएका थिए ।

कला संस्कृति युवा तथा खेलकुदको क्षेत्रमा स्थापना कालदेखि महत्वपूर्ण काम गर्दे आएको जिल्लाका अगुवा युवाहरू रहेको अर्घाखाँची युवा परिषद्को आयोजनामा विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि विधिवत रूपमा होली निकालिएको थियो ।

गाडी ब्यानर र मौलिक सांगितिक प्रस्तुतसहित निकालिएको होलीमा छमछमी नाचगान गर्दे, रङमा रमाउँदै होलीको टिमले बजार परिक्रमा गरेको थियो ।

सन्धिखर्क नगरपालिका–२ वस्ने ८२ वर्षीय जिवलाल भुसालले रङ लगाई युवायुवतीहरू सँगै निकै खुसीका साथ छमछमी नाचेको थिए । वृद्ध भुसालले भने, ‘सामाजिक संस्कार र संस्कृतिको जर्गेना गर्न बिहानैदेखि होली खेल्न आएको छु नाचगान गर्न मन पर्छ, अघिल्लो वर्षभन्दा यो वर्ष होली निकै राम्रो भयो ।’

कक्षा ३ मा पढ्ने सत वर्षीय अनिल केसीले भने, ‘होलीमा साथीहरूसँग रमाइलोे गर्न पाउँदा आज निकै खुसी छु, आगामी वर्षका होलीमा सिर्जनात्मक काम गर्न मन लागेको छ ।’

विशेष गरी युवायुवतीहरूले जथाभावी लोला हान्ने, रङ दल्ने जबर्जस्ती गर्ने होलीको केही दिन अगाडिदेखि पछिसम्म पनि बाहिरै निस्कन नसक्ने वातावरण बनाइन्थ्यो । त्यसलाई एकै दिन मात्र व्यवस्थित तवरले मैत्रीपूर्ण रूपमा एकआपसमा होली खेल्ने वातावरण बनाउन प्रत्येक वर्ष युवा परिषद्ले नै होलीको आयोजना गरेको अर्घाखाँची युवा परिषद्का अध्यक्ष काजी श्रेष्ठले बताए ।

होली पर्व संस्कृतिलाई विकृत हुनबाट बचाउँदै मैत्रीपूर्ण र सौहार्दपूर्ण वातावरणमा एकआपसमा खुसीयालीका साथ संस्कृतिको संरक्षण विकास गर्दै दाजुभाइ दिदीबहिनीहरूको बीचमा जिल्लाका विभिन्न स्थानमा होली मनाइएको संस्कृती संरक्षण मञ्च अर्घाखाँचीका अध्यक्ष जनार्दन खनालले बताए ।

वसन्त क्रतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा मौलिक खालका विभिन्न गीत गाउँदै बजाउँदै नाच्दै एकआपसमा विभिन्न खालका रङ लगाउने र लोला खेली मनाउने परम्परा रहेको छ ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया