विशालको संगीतमा मेलिनाको ‘नजिक भएर’

काठमाडौं । गायिका मेलिना राईको एकल आवाज रहेको ‘नजिक भएर’ गीत सार्वजनिक भएको छ । गीतकार तथा संगीतकार विशाल निरौलाको शब्द तथा संगीत रहेको गीतको भिडियोमा मोडेल सारिका केसी र मोजराज निरौलाको अभिनय छ ।

अलंकार स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियो निर्देशन सिर्जन बरालले गरेका छन् । गीतको भिडियोको छायांकन प्रविन घिमिरे र सम्पादन प्रदीप दाहालको रहेको छ ।

प्रतिक्रिया