गणेश साउदको ‘बासमती’

काठमाडौं । गायक गणेश साउद जिसीको आवाजमा नयाँ र्यापर गीत ‘बासमती’ बजारमा आएको छ । बसिबीयाँलो म्युजिकले बजार ब्यवस्थापन गरेको उक्त गीतमा टेक बिष्ट र साउदकै शब्द सृजना छ ।

त्यस्तै संगीत पनि गणेश साउदले नै भरेका हुन् । जगत तिरुवाले र्याप हानेका छन् । सोही गीतको भिडियो विक्रम चौहानको निर्देशनमा तयार गरिएको छ । प्रकाश खड्काद्वारा छायांकन गरिएको उक्त भिडियो मिलन विश्वकर्माले सम्पादन गरेका छन् ।

त्यस्तै गीतको एरेन्ज सुमन केसीले गरेका छन् भने टिका जैसी, गणेश साउद र जगत तिरुवाको अभिनय रहेको छ । नयाँ ढङ्गको कथावस्तुमा तयार गरिएर बजारमा आएको सोही र्यापर गीतले दर्शक स्रोताको माया पाउँछ भन्नेमा बिश्वस्त रहेको गायक गणेश साउदले दाबी गरे ।

प्रतिक्रिया