टीमाया राईले ल्याईन ‘१६ बर्षे उमेर’ (भिडियो सहित)

काठमाडौं । गीतकार टीमाया राइको ‘१६ बर्षे उमेर’ बोलको गीत सार्वजनिक भएको छ । जसमा गायीका इन्दिरा जोशिको आवाज रहेको छ । गीतकार टिमाया राईको शब्द रचना भएको सो गीतमा ॐ शंकर कर्माचार्यको संगीत रहेको छ ।

केली राई प्रती समर्पित रहेको उक्त गीतको म्युजिक भिडियोमा चक्र बम र अल्का सुबेदीको अभिनय छ । यो गीत सुकुटे बिचका रमणीय स्थानहरुमा छायांकन गरिएको हो ।

यस गीतलाई चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन् भने हस्त बहादुर राईको निर्माण, राजेश घिमिरेको छायांकन, बिष्णु शर्माको सम्पादन रहेको छ ।

भिडियो हेर्नुहोस्

 

प्रतिक्रिया