कालीप्रसादको ‘इन्स्टाको फोटो’ सार्वजनिक

काठमाडौं । गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाको शब्द, संगीत र आवाज रहेको गीत ‘इन्स्टाको फोटो’ सार्वजनिक गरिएको छ । ‘जि २१ डिजिटल’ को अफिसियल युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरिएको हो । गीतमा अभिनेता आसिफ शाहको साथमा रेश्मा घिमिरेको अभिनय छ । हरि हुमागाईको छायांकन रहेको गीतको भिडियोलाई लोकेश बज्रचार्यले सम्पादन गरेका छन् । राजेन्द्र मोक्तानले कलर र राजेश शाहले भिएफएक्सको काम गरेका छन् । भिडियोलाई असिम शाहले निर्देशन गरेका हुन् ।

‘नेपाली गीत संगीतको बजार फराकिलो भइरहेको र ‘जि २१ डिजिटल’ मार्फत स्तरीय संगीतलाई प्रोत्साहन गर्ने उद्देश्यले आफूहरू म्युजिक भिडियोतर्फ पनि केन्द्रित भएको निर्देशक शाहले बताए । यस अघि ‘जी २१ डिजिटल’ मार्फत सार्वजनिक गीत ‘नाच फिरिरी’ निकै चर्चित बन्न सफल भएको छ ।

प्रतिक्रिया