मन्त्री अधिकारीलाई प्रश्न: सहमतिअनुसार किन विमान खरिद नगरेको ?

काठमाडौं । महालेखा परीक्षकले वाइडबडी प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारीलाई प्रश्न गरेका छन् ।
उनले मन्त्रि अधिकारीलाई सहमति अनुसार बिमान खरिद नगरेकोमा कडा प्रश्न गरेका हुन् । यस बिषयमा भने मन्त्री अधिकारीले आफू मन्त्री भएलगत्तै महालेखा परीक्षकसँग परामर्श गरेरै उक्त विमानको रकम भुक्तान गरेको जवाफ दिएका छन् । बिमान खरिद बारे मंगलबार बसेको बैठकमा सोहि प्रश्नोत्तर छलफल भएको हो ।

उक्त बैठकमा महालेखा परीक्षकको कार्यालयसँग आवश्यक छलफल गरेर भुक्तानी गरिएको मन्त्री अधिकारीले दावी गरे मन्त्री अधिकारीले महालेखा परीक्षकको कार्यालयसँग आवश्यक छलफल गरेर भुक्तानी गरेको दावी गरे ।

मन्त्री भएको केही दिनमै महालेखा परीक्षकको कार्यालयले सल्लाह दिएपछि आफूले उक्त भुक्तानी दिन नरोकेको उपसमितिलाई मन्त्री अधिकारीले बताए । सरकारले दुई वटा वाईडबडि विमानको २५ अर्ब भुक्तानी गरेको थियो ।

प्रतिक्रिया