फुजेल घटनाका आरोपी छविलाल रिहा

काठमाडौं । गोरखा जिल्ला फुजेलका कृष्णप्रसाद अधिकारी हत्या आरोपमा जिल्ला अदालत, चितवनबाट सफाइ पाएका छविलाल पौडेल सोमबार रिहा भएका छन् ।

चितवनका मुख्य न्यायधीश कुलप्रसाद शर्माको इजलासले १३ प्रतिवादीमध्ये १२ जनालाई सफाइ दिने फैसला गरेसँगै पौडेल सोमबार बिहान डिल्लीबजार कारागारबाट छुटेका हुन् ।

फुजेलका अधिकारीको हत्या आरोप खेपेका अधिकारीले गत असार २५ गते सर्वोच्च अदालतमा आत्मसमर्पण गरेपछि जेल चलान गरिएको थियो । आत्मसमर्पण गरेको करिब २ महिनापछि पौडेलसहित १२ ले सफाइ पाएका छन् ।

अदालतको आदेशले रिहा भएका पौडेललाई स्वागत गर्न उनका समर्थक पञ्चेबाजासहित डिल्लीबजार कार्यालय पुगेका थिए । रिहाइपछि पौडेलले पीडित परिवारले नबुझेर आफूविरुद्ध उजुरी दिएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया