गायकमाथि गोली


मुम्बई । पंजाबी गायक तथा अभिनेता परमिश बर्मामाथि गोली प्रहार भएको छ । उनलाई मोहालीमा केही अज्ञात बन्दुकधारीले गोली हानेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बर्मालाई हाल एक नीजि अस्पतालमा उपचार गरिरहेको प्रहरीले जनाएको छ । उनीमाथि शुक्रबार राती घर फर्किरहेको बेलामा गोली हानिएको प्रहरीले जानकारी दिएको छ । बन्दुकधारीको खोजीकार्यमा प्रहरी सक्रिय रहेको जनाइएको छ । उनी हाल खतरामुक्त रहेको बताइन्छ ।

प्रतिक्रिया