अपराधीको संरक्षक नहोऊ !

राज्य सञ्चालन गर्नेहरूले नै अपराधीलाई दण्डबाट जोगाउन थाल्ने हो भने राज्यको मूल धर्म नाश हुन्छ । विद्वानहरू भन्छन् – धर्म नाश भएपछि राज्यको पनि नाश हुन्छ र धर्मको रक्षा गरेमा नै त्यसले पनि रक्षा गर्न सक्छ । राज्यका सन्दर्भमा धर्मको अर्थ पूजापाठ, तीर्थव्रत र दानधर्म वा कुनै सम्प्रदाय विशेष हैन । धर्मको अर्थ हुन्छ – वस्तु वा विषयको मौलिक विशेष गुण । यस अर्थमा राज्यको धर्म जनताको जिउधनको रक्षा गर्नु हो । कसैमाथि अन्याय हुन नदिनु राज्यको धर्म हो । र, अन्यायी, अपराधीलाई दण्ड दिनु राज्यको कर्तव्य अर्थात् धर्म हो । तर, दुर्भाग्य नेपालमा केही वर्ष यता सत्ता सञ्चालन गर्नेहरूले नै राज्यको धर्म नाश गरिरहेका छन् ।
अपराधीका संरक्षकमा यसो त सबै प्रमुख राजनीतिक दलका नेताहरूको नाम मुछिने गरेको छ तर सरकारको नेतृत्व गर्ने माओवादी केन्द्र र यसबाट फुटेका घटकका कार्यकर्ता तथा नेता अपराधी र अभियुक्तका संरक्षकका रूपमा बढी नै चर्चामा आउने गरेका छन् । तर, यस पार्टीका जिम्मेवार नेताले त्यस्ता चर्चामा स्पष्टीकरण दिने वा नैतिक जिम्मेवारी सकारेर प्रायश्चित्त गर्ने भने कहिल्यै गरेका छैनन् । सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा कसुरदार ठहर गरी सर्वस्वसहित जन्म कैदको सजाय दिएका माओवादी नेता बालकृष्ण ढुंगेल प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेको समाचार सञ्चार माध्यममा आउ“दा पनि सरकार वा माओवादी केन्द्र कतैबाट पनि प्रतिक्रिया आएन । यसैगरी माओवादी सूचना तथा सञ्चार मन्त्रीका स्वकीय सचिव व्यक्ति अपहरण मुद्दामा संलग्न भएर फरार रहेको अभियोग प्रहरीले लगाएको समाचार सार्वजनिक भएको छ । फरार भनिएका व्यक्ति काठमाडौंमा मन्त्रीको संरक्षणमा रहेको समाचारमा लेखिएको छ । तर, मन्त्री वा माओवादी केन्द्रका तर्पmबाट यसमा कुनै प्रतिक्रिया भने सार्वजनिक गरिएको छैन ।
प्रहरीले अभियोग लगाउ“दैमा व्यक्ति अपराधी हुने होइन । कसुरदार प्रमाणित नहु“दासम्म प्राकृतिक न्यायको सिद्धान्तअनुसार पनि अभियुक्तले शंकाको सुविधा पाउ“छ । तर, प्रहरीले फरार भन्दै खोजेको व्यक्ति मन्त्री वा प्रधानमन्त्रीको संरक्षणमा रहेको हो भने त्यो गम्भीर आपत्तिजनक र प्रचलित कानुनअनुसार अपराध ठहर हुने विषय हो । प्रहरीले खोजी गरेको व्यक्तिलाई लुकाउने कार्यमा सरकारी पदाधिकारी संलग्न भएका हुन् वा राज्यको सुविधा प्रयोग गरिएको हो भने त्यो अपराधका साथै अनैतिक पनि हुन्छ । जनताले राज्यका प्रधानमन्त्री वा मन्त्रीलाई अपराधीका संरक्षक ठान्न थाले भने राज्यप्रतिको विश्वास चकनाचुर हुन्छ । यसैले अपराधी र अभियुक्त कसैलाई संरक्षण गरेको हो भने नैतिक जिम्मेवारी लिएर पदत्याग गर्नुपर्छ । होइन भने जनतालाई स्पष्ट हुनेगरी जानकारी दिनुपर्छ । स्यमन्तक मणि चोरेको आरोप लागेपछि कृष्ण आफै“ले खोजेर फिर्ता ल्याएर बुझाएको कथाबाट राजनीतिक नेतृत्वले सिक्नु जरूरी छ ।

प्रतिक्रिया