संविधान कार्यान्वयनको वर्ष होस्

आजदेखि नया“ वर्ष ०७४ सुरु भएको छ । नया“ वर्षस“गै नया“ सम्भावना पनि देखिएका छन् । विगत दशक नेपाल र नेपालीहरूका लागि पीडा र दुःखका वर्षका रूपमा बिते पनि ०७३ थोरै दुःखद् र धेरै सुखद् वर्षका रूपमा बितेको छ । दुःखद् यस अर्थमा कि देशले नाकाबन्दी पीडा भोग्नुपरेको थियो भने सुखद् भने धेरै वर्ष अघिदेखिको प्रयास स्वरूप नेपाली जनताले आफ्नै प्रतिनिधिले लेखेको संविधान पाएका छन् । यद्यपि, यसमा केही असन्तुष्टिहरू रहेका छन् । जसले निकास पाउन बा“की रहेको छ । निकासकै प्रयासस्वरूप स्थानीय तहको निर्वाचनको घोषणा भएको छ । यसै वर्षको ७ फागुनभित्र संघ, प्रदेश र स्थानीय तहको निर्वाचन गरिसक्नुपर्ने वाध्यात्मक संवैधानिक व्यवस्था छ । यी निर्वाचन भइसक्दा संविधान पूर्णत ः कार्यान्वयन हुनेछ र मुलुकले एउटा गति लिनेछ भन्नेमा दुई मत नहोला ।
हो, संविधान कार्यान्वयनमा चुनौती छन् । तर, हामीले अंगिकार गरेको राजनीति प्रणालीले ती सबै चुनौतीको वैधानिक ढंगले समाधान गर्न क्षमता राख्दछ । लोकतन्त्रले हामी सबैलाई आप्mना गुनासा, असन्तुष्टि र मागहरूलाई वैधानिक परिधिभित्रैबाट समाधान गर्ने अवसर प्रदान गर्छ । आवधिक निर्वाचनका माध्यमबाट आफ्ना मान्यताहरूको परीक्षण र जनअनुमोदन गराउने तथा त्यसका आधारमा संवैधानिक पद्धतिलाई थप परिष्कृत र विकसित गर्दै लैजाने आधार उपलब्ध गराउनु लोकतन्त्रको सबैभन्दा सबल पक्ष हो । राजनीतिक दलहरूले इमानदारी र राष्ट्रलाई दलीय स्वार्थभन्दा माथि राखेर सोच्ने हो भने कुनै पनि विषय यस्ता छैनन् जुन समाधान हुन सक्दैन । हाम्रै देशका यिनै नेताहरूले पनि विगतमा असम्भव देखिएका कुरालाई सम्भव बनाएका छन् । सबै पक्ष आआफ्नै अडानमा बस्दा द्वन्द्व समाधान ह“ुदैन । त्यसका लागि सम्बन्धित सबै पक्षले लचकता अपनाउनै पर्छ ।
निर्वाचन हुन सकेन भने संविधान कार्यान्वयन हुन सक्दैन । संविधान कार्यान्वयन भएन भने नेपाली जनताले लामो संघर्ष र बलिदान गरेर प्राप्त उपलब्धि गुम्न सक्छ । संविधानप्रति असन्तुष्ट पक्षले पनि संविधान पूर्णरूपमा अस्वीकार गरेको अवस्था छैन । केही फेरबदल खोजेका हुन् । यसको अर्थ संविधानमा मुलरूपमा सबैका अधिकार समेटिएका छन् । यसैले असन्तुष्ट पक्षले पनि भुइ“को टिप्न खोज्दा पोल्टाको खस्न नदिन पनि निर्वाचन स्वीकार गर्नुपर्छ । आखिर निर्वाचन एक किसिमको जनमत संग्रह पनि हो । त्यसैले आशा गरौ“ ०७४ मा संविधान कार्यान्वयको वर्ष हुनेछ र सबै नेपालीलाई सुखद् अनुभूति दिनेछ ।

प्रतिक्रिया