चुनावका संघारमा देशमा शान्तिसुरक्षाको स्थिति झन् बलियो हुनुपर्नेमा प्रमुख विपक्षी एमालेले सरकार आप्mना नेता कार्यकर्ताको सुरक्षाप्रति उदासीन रहेको आरोप लगाएका छन् । उनीहरूले संसद् बैठकमा शान्तिसुरक्षाको अवस्थाप्रति सरकारको ध्यानाकर्षण गर्दै संसद् अवरुद्ध गर्ने चेतावनी दिएपछि सभामुख ओनसरी घर्तीमगरले सरकारलाई त्यस विषयमा उत्तर दिन निर्देशन दिएकी छन् । सभामुखले निर्देशनसमेत दिएकाले स्थिति गम्भीर रहेको पुष्टि हुन्छ । मोर्चाका कार्यकर्ताले एमाले नेता, कार्यकर्ता र तिनका परिवारलाई भौतिक आक्रमण गरिरहेको समाचार आइरहेको छ । विशेषगरी प्रदेश नम्बर २ मा पर्ने जिल्लामा मधेसी मोर्चाले निषेधको राजनीति गरिआएको छ । अरू दलको उपस्थितिसमेत सहन नसक्ने सर्वसत्तावादी चरित्र मोर्चाका नेता कार्यकर्ताले प्रदर्शन गरेका छन् ।
एमालेको मेची–महाकाली अभियानका क्रममा मूलतः मधेसी मोर्चाका नेताले फैलाएको द्वेषका कारण उत्तेजित कार्यकर्ताले गर्न लागेको आक्रमण रोक्न प्रहरीले आवश्यकताभन्दा कडा बढी शक्ति प्रयोग गर्दा गत २३ फागुनमा राजनीतिस“ग खासै सरोकार नभएका पा“च जना निर्दोष नेपाली नागरिकको ज्यान गएको छ । त्यस दुःखद घटनाको स्थलगत अध्ययन गर्ने संसदीय टोलीले गोली चलाउनुपर्ने परिस्थिति नभई गोली चलाइएको र मृतकमध्ये कतिपयको छाती, टाउको र पेटमा गोली लागेको भन्दै अनावश्यक बल प्रयोग भएको ठह¥याएको छ । संसदीय टोलीले घटनापछि विस्थापित एमालेका स्थानीय नेता कार्यकर्ताको सुरक्षा गर्न पनि सरकारको ध्यानाकर्षण पनि गरेको छ । यसले तराईका केही स्थानमा शान्तिसुरक्षाको अवस्था कमजोर भएको पुष्टि हुन्छ । एकातिर, अनावश्यक बल प्रयोग गर्ने र अर्कातिर राजनीतिक व्यक्तिको घरमा आक्रमण हु“दा पनि सुरक्षा संयन्त्र तमासे बन्ने विडम्बना पुनः प्रकट भएको छ ।
निर्वाचन हुनलागेका बेला शान्तिसुरक्षाको यस्तो अवस्थाले गलत सन्देश प्रवाहित गर्छ । शान्तिसुरक्षाको अवस्था कमजोर भए मतदातामा मानसिक दबाब पर्न थाल्छ । त्यस्तो स्थितिमा निर्वाचन स्वतन्त्र र निष्पक्ष हुनसक्तैन । निर्वाचनै नभए पनि जनताको जिउधनको रक्षा गर्नु राज्यको सबैभन्दा मुख्य र पहिलो कर्तव्य हो । यसैले सरकारले तराईका सम्बिन्धत जिल्लालगायत सबैतिर शान्तिसुरक्षाको अवस्था जनतालाई विश्वास हुनेगरी सुदृढ बनाउनुपर्छ । गृहमन्त्रीलाई मन्त्रिपरिषद्को बैठकमा भाग लिने अवस्था नहुने, प्रहरी महानिरीक्षकले अदालतले कुन बेला पद खोस्ने हो भनेर संत्रस्त हुनुपर्ने अवस्थामा शान्तिसुरक्षामा सुधार हुने अपेक्षा हुनत आफै“मा विसंगत देखिन्छ तर पदमा बस्नेले आफ्नो कर्तव्य त पूरा गर्नैपर्छ । यसैले सुरक्षा व्यवस्था सुदृढ बनाउन र विशेषगरी प्रहरीको मनोबल उच्च राख्न सबै प्रकारका उपाय अपनाउन सरकार अग्रसर भइहाल्नु आवश्यक देखिन्छ । मनोबल कमजोर भएपछि न अनावश्यक बल प्रयोग हुने हो ।
प्रतिक्रिया