‘मिस नेपाल २०१६’ प्रतिस्पर्धीहरू चितवनमा

mis nepal 2016 copy
चितवन, ७ चैत । ‘मिस नेपाल २०१६’का प्रतिस्पर्धी सहभागीलाई आयोजक हिडन ट्रेजरले भ्रमणका लागि चितवन निकुञ्ज पु¥याएको छ । भ्रमणका सिलसिलामा चितवन पुगेकी पोखराकी २२ वर्षीया प्रतिभा दवाडी पहिलोपटक चितवन निकुञ्जमा आएको बताउँछिन । उनी मिस नेपाल २०१६ की प्रतिस्पर्धी हुन् ।

यसरी घुम्दा प्रकृतिसँग नजिक हुने र संरक्षणका गतिविधि आँखाले नियाल्न पाइने बताएकी उनलै आफूले पछि संरक्षण अभियानमा योगदान दिने प्रतिबद्धता जनाइन् । थाइल्यान्डमा भएको मिस ग्रान्डीमा शीर्ष ३० मा पुग्न सफल संखुवासभाकी सिर्जना रेग्मीले पनि भ्रमण एतिहासिक रहेको भन्दै मिस नेपाल जितौँ या नजितौँ, यो अनुभवले आपूmलाई पावर दिने बताएकी छन् ।

२० वर्षीया रोशनी खत्री र काठमाडौंकी २३ वर्षकी कृतिमा रिमाल, २२ वर्षीया वर्षा लेखीलगायतलाई चितवनको सौराहा भ्रमणमा लगिएको हो । ३ दिने भ्रमणमा उनीहरूले प्रकृति प्रेमका बारेमा विशेष जान्न पाउने कोरियोग्राफर संयोजक शुभेच्छा खड्काले जानकारी दिएकी छन् ।

प्रतिक्रिया