उप्रेतीको एकल कविता वाचन

kabitaकाठमाडौं । कवि ‘भीष्म उप्रेती’ को एकल कविता वाचन सम्पन्न भएको छ । भेरी साहित्य समाज, नेपालगञ्जको आयोजनामा ‘आवाज र अनुभूति’ शीर्षकमा सम्पन्न भएको एकल कविता वाचन कार्यक्रममा कवि उप्रेतीले आफ्नो दुई दशक लामो साहित्यिक यात्राका क्रममा लेखेका कविताहरू वाचन गरेका थिए ।

कवि उप्रेती आफ्ना कविताहरूमा जीवन र जगतका विभिन्न पक्षहरूलाई सटिक रूपमा प्रस्तुत गर्न खप्पिस मानिन्छन् । उनका कविताहरूमा मान्छेले छुटाएका, नदेखेका, बिर्सेका तर जीवनका महत्वपूर्ण पाटाहरूलाई मिहिन रूपको अभिव्यक्ति पाइन्छ ।

झापाका स्थायी निवासी उप्रेतीले यसअघि काठमाडौं र पोखरामा समेत एकल कविता वाचन गरिसकेका छन । सरल, सरस र सहज भावधाराका कवि उप्रेतीका ६ वटा कृतिहरू प्रकाशित छन् । (सौस)

प्रतिक्रिया