जातीय उन्माद

संघीय प्रदेशका खाका सार्वजनिक भएपछि जिल्लावासीहरूले आफ्नो जिल्लालाई का“क्रो चिरेसरी दुई फक्लेटा पारेर चिरेको र खसीको सा“प्रा भाग लगाए जस्तैगरी भिन्नाभिन्नै प्रदेशतिर हिल्ला लाएको देख्दा कारण जान्न चाहनु अत्यन्तै जायज र स्वाभाविक थियो । आफ्नो था“तथलो र त्यसस“ग गा“सिएका जनजीविकालगायत भावनात्मक सम्बन्धको विषय भएकाले यो जनचासो मनासिव मात्र होइन आवश्यक र न्यायोचित पनि थियो । तर, स“गस“गै, यो समाज, समुदायमा अरू पनि छन् भनेर हेक्का नराख्ने, अरूको मतलवै नगर्ने, आफ्नो स्वार्थमात्र हेर्ने, क्षुद्र स्वार्थपूर्तिका लागि हु“दोनहु“दो जे पनि गर्ने संकीर्णतावादीहरूले भने हरेक सन्दर्भ, घटना र अवसरलाई त्यही संकीर्ण स्वार्थका लागि प्रयोग गर्न भ्याइहाल्दारहेछन् । कर्णाली, सुर्खेत, सल्यान र रुकुममा उठेको न्यायोचित आवाजले राष्ट्रिय हलचल ल्याएको देखेर लोभिएका जातिवादीहरूले यो भइरहेको आन्दोलनलाई नै अवमूल्यन गर्नेगरी जातीय, साम्प्रदायिक आन्दोलन चर्काउने तयारी गरिरहेका छन् । उनीहरू जात–जातको राज्य हुनुपर्छ भन्ने माग राखेर अगाडि आएका छन् ।
कतिपय जातीय राज्यका पक्षधरहरूले ‘भारतमा तमिलको तमिलनाडु, पञ्जाबको पञ्जाबी र नागाको नागाल्यान्ड राज्य बनाउन हुन्छ भने लिम्बूका लिम्बूवान, थारूको थरूहट राज्य बनाउन किन हुन्न’ भनेर तर्क गरेका छन् । सन् २०११ को राष्ट्रिय जनगणनाको तथ्यांकअनुसार पञ्जाबमा ६६ प्रतिशत सिख धर्मावलम्बी, तमिलनाडुमा ८९ प्रतिशत तमिलभाषी र जाति, महाराष्ट्रमा अत्यधिक मराठी भाषी र ८३ प्रतिशत हिन्दू, नागाल्यान्डमा अधिकांश नागा जाति रहेका र ९० प्रतिशत क्रिस्चियन धर्मावलम्बी रहेको देखिन्छ । तर, नेपालको विशेषता के छ भने यहा“ विविध जातजाति पूरै घुलमिल भएर बसेका छन् । सोशल हार्माेनी गजबको छ । कुनै पनि जिल्ला र कुनै पनि क्षेत्रमा कुनै एउटा जातविशेषको बाहुल्य छैन । कुनै जातिविशेषको संख्या धेरै देखिएको दुई÷तीनवटा जिल्लामा पनि ३५ प्रतिशतभन्दा बढी छैन ।
नया“ नेपालमा सैद्धान्तिक आधारभूमि, विचारको राजनीति र वर्गसंघर्ष छाडेका कम्युनिस्ट पार्टीहरूले जातीय उन्मादको नसा चढाइदिएका छन् । ‘ब्रह्म सत्य जगन्मिथ्या’ भनेझै“ गरी अब यो देशमा जातबाहेक सबै व्यर्थ ठहर गरिएको छ । यथार्थचाहि“ के हो भने जातभन्दा अरू तत्वले व्यक्ति र समुदायको व्यक्तित्व र पहिचान निर्माण गर्छ । प्रतिभा, ज्ञान, योग्यता, विशिष्ट क्षमता, सिर्जना, योगदान, विचार, जीवनदृष्टि, जीवनशैली, संस्कार, पेसा, सम्बन्ध, मित्रहरू पो एउटा व्यक्तिको जीवन्त पहिचान हो । आजको जमानामा जात त गौण मात्रै होइन, नया“ पुस्ताको दिमागबाटै हराइसकेको छ । फेरि, जुन सिद्धान्तले राज्य धर्मनिरपेक्ष हुनुपर्छ भन्छ, त्यही सिद्धान्तले जातसापेक्ष हुनुहु“दैन भन्छ । अमेरिकाका समाजशास्त्री विद्वान् गुनार नियल्सनले एक सय ६४ देशमा राज्य र जनजातिबीचको सम्बन्धका विषयमा विस्तृत अध्ययन गरेर सन् १९८५ मा रिपोर्ट प्रकाशित गरेका थिए । उनले ६० प्रतिशतभन्दा कम संख्या भएको जातिले जातीय राज्य निर्माण गर्न र अग्राधिकार कायम राख्न सक्दैन भनेका छन् । नेपालको सबै प्रदेशमा सबै जाति अल्पसंख्यक छन्, त्यसैले यहा“ जातीय राज्य बन्न सक्दैन ।
राष्ट्र र राष्ट्रियताको कुरा गर्दा जर्ज अरवेलले लेखेका ‘नोट्स अन नेसनलिज्म’ लिट्रेचर र ‘नाइन्टिन एटी फोर’ उपन्यासमा वर्णित सकारात्मक र नकारात्मक राष्ट्रवादको व्याख्या सम्झन्छौ“ । सकारात्मक राष्ट्रवादले जनतालाई जातपात, धर्म, सम्प्रदाय, नश्ल र क्षेत्रको आधारमा भेदभाव गर्दैन बरु उत्पादन प्रक्रियामा सबैले आ–आफ्नो योग्यता र क्षमताअनुरूप योगदान गरून् र उपभोग गरून् भनेर जोड दिन्छ । सकारात्मक राष्ट्रवादले सहिष्णुताभावलाई पुष्टि गर्छ । सामाजिक न्यायप्रति संवेदनशील हुन्छ । जातीय, साम्प्रदायिक र नश्लीय विभेदका कारणले हुने दंगा तथा द्वन्द्वबाट राष्ट्रलाई मुक्त राख्छ । समाजशास्त्रीहरूको भाषामा भन्नुपर्दा त्यहा“ यस्तो सामाजिक पु“जी निर्माण हुन्छ, जसलाई सोझै राष्ट्रिय समृद्धिका लागि उपयोग गर्न सकिन्छ । यसको ठीक उल्टो, नकारात्मक राष्ट्रवादले जनतालाई विभाजित गर्ने र भिडाउने खेल सुरु गर्छ । ‘हामीहरू र तिनीहरू’ भन्न थाल्छ । आफूलाई उत्कृष्ट र अर्कोलाई निकृष्ट भन्ने संकुचित दृष्टिकोण निर्माण गर्छ । यो ‘जिरो सम गेम’ सूत्र लिएर अघि बढ्छ । ‘जिरो सम गेम’ अर्थात्, तिनीहरूलाई लाभ हुनु भनेको हामीलाई हानी र तिनीहरूको नोक्सानमै हाम्रो फाइदा भन्ने एक सूत्रीय चिन्तन हुन्छ । बडो दुःखका साथ भन्नुपर्छ, अहिले पश्चिमी तराई र पूर्वी पहाडका अगुवाहरू नकारात्मक राष्ट्रवादका विषालु तीर बोकेर राष्ट्रिय विध्वंशको रणमैदानमा मोर्चा कसेर बसेका छन् । उनीहरूलाई संकीर्णताबाट माथि उठेर फराकिलो क्षितिजतर्फ नजर लगाउन निवेदन गर्दछौ“ ।

प्रतिक्रिया