पाँचथर । मिक्लाजुङ गाउँपालिका– ६ मा पर्ने नावा खोलामा माछा मार्ने क्रममा करेन्ट लगेर सोही पालिका वडा नम्बर ७ निवासी २० वर्षिय इसारा थेगिम लिम्बूको मृत्यु भएको छ । उनको माछा मार्ने क्रममा शनिबार साँझ करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यलय पाँचथरका प्रवक्ता रुपेश तामाङले दिएको जानकारी अनुसार लिम्बू थेगिमले जेनेरेटरबाट बिजुली खोलामा करेन्ट लगाएर माच्छा मार्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।
मृत इसारालाई पोष्ट माटर्म गर्न इलाका प्रहरी चौकी खान्द्रोङले प्राथमिक स्वास्थ्य केन्द्र पठाएको प्रवक्ता तथा सूचना अधिकारी तामाङले जानकारी दिए ।
प्रतिक्रिया