सिन्डिकेट दादागिरी

राजनीतिक नेतृत्व भ्रष्ट, ढोँगी, पाखण्डी भएपछि राज्य कमजोर मात्र होइन निरीह नै बन्न पुग्छ । त्यसपछि शण्डमुसन्डहरूको एकछत्र र एकलौटी राज चल्छ । आ–आफ्ना क्षेत्र कब्जा गर्छन् । टोल-टोलमा गुन्डाकानाइके डनहरूको चुरिफुरी खपिनसक्नु हुन्छ । बस्तीका एरियामा युद्ध सरदारका हालहुकुम चल्छ । अहिले शण्डमुसन्डहरू व्यावसायिक क्षेत्रमा प्रवेश गरेका छन् । आ–आप्mना व्यावसायिक क्षेत्रमा सिण्डिकेट बनाएर समानान्तर सरकार चलाइरहेछन् । यो समानान्तर सरकार वैधानिक भनिएको सिंह दरबारको सरकारभन्दा अत्यन्तै शक्तिशाली छ र भयंकर छ । सिन्डिकेट बनाएर चलेको यो समानान्तर सरकार आप्mनोबाहेक अरू कसैको कुरा सुन्दैन र कसैलाई टेर्दैन ।
ट्रकव्यवसायीको सिन्डिकेट छ । भैरहवा, वीरगञ्जजस्ता व्यावसायिक क्षेत्रमा सिन्डिकेटको दादागिरी खपिनसक्नु चर्को छ । भैरहवा र वीरगञ्जमा कस्तो दृश्य देखिन्छ भने काठमाडौं पठाउन नपाएर व्यापारीका सामान गोदाममा थन्किएका छन् । ढुवानी गर्ने रित्ता ट्रकहरू सडकछेउमा उभिएका छन् । सिन्डिकेटका दादाले जोर÷बिजोरको आलोपालो र अनेकौँ व्यवधान लगाएर ती ट्रकहरूलाई सामान ढुवानी गर्न बन्देज लगाएका छन् । भैरहवाका सिन्डिकेट दादाहरूले महिनामा ५ ट्रिपभन्दा बढी सामान ढुवानी नगर्ने भनेर घोषित प्रतिबन्ध लगाएका छन् ।
१ वर्षअघि भैरहवामै सयौँ ट्यांकटर तेल चोरेर लुकाएको प्रहरीले फेला पा¥यो । दसी–प्रमाणसहित हिरासतमा राख्यो र कारबाही प्रक्रिया अघि बढायो । लौ कारबाही गर त ? ल छो त ?’ भन्दै ट्यांकर व्यवसायीको सिन्डिकेटले धावा बोलिरहेको थियो । जथाभाबी गिट्टीबालुवा उत्खनन गरेर वातावरण ध्वस्त बनाएको विषयमा जनआवाज चर्कै उठ्यो । सरकारले व्यवस्थित गर्न नियम बनायो । व्यवस्थित गर्न सरकारले धेरैपटक प्रयास ग¥यो । जतिपटक सरकारले प्रयास गथ्र्याे, गिट्टी–बालुवा व्यवसायीले यसरी धावा बोल्थे कि सरकार कर्कलो गलेसरी गलिहाल्थ्यो । वातावरणमा गम्भीर असर परेको भनेर सरकारले ३० माइक्रोग्रामभन्दा पातला प्लास्टिक प्रतिबन्ध लगायो । यसमा पनि शण्डमुसन्डहरू लागेर फेल गराइदिए । डेढ वर्षअघि महावीर पुनको अगुवाइमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले पदयात्रामा जाने पर्यटकहरूका लागि ‘टुरिस्ट ट्यांकिङ सिस्टम’ प्रयोगमा ल्याए । केही नाइकेहरूको अवैध आम्दानीमा असर पर्ने भएकाले ट्रेकिङ मजदुर युनियनको नाममा ठालु नेताहरूले विध्वंश मच्चाएर रोकिदिए । बस व्यवसयीको सिन्डिकेट झन् चर्को छ । ९ महिनाअघि गोरखामा यातायात समितिका महासचिव सुरेन्द्र कुँवर, बसतर्फका संयोजक दीपक खनाल र पूर्वअध्यक्ष रामहरि केसीहरूले एकहुल गुन्डाहरू लिएर, राज्यको नियम, कानुनअनुसार चल्छु, सिन्डिकेटलाई मान्दिन भन्ने को हो ? त्यसलाई ठीक पारिन्छ’ भन्दै गोरखा नपाको खोलखोलेमा ना५ख ५१९६ नम्बरको बस तोडफोड गरिरहेका थिए । समितिले ३२ वटा बस थप गर्दा त कांग्रेस, एमाले, एमाओवादी र नेकपा–माओवादीलाई भाग लगाएका छौँ । यी पार्टी हाम्रो अधीनस्थ भइसकेपछि सरकारी ऐननियमको आड लिएर यहाँ कोही टिक्न सक्दैन’ भनेर हाक्काहाक्की बम्किरहेका थिए ।
२०५७ मा काठमाडौं उपत्यकामा ७ हजार ५ सय ट्याक्सी थिए । त्यसयता नयाँ ट्याक्सी थपिएको रहेनछ । यो अवधिमा उपत्यकाको जनसंख्या तेब्बर बढेको छ भने अहिले ट्याक्सी संख्या घटेर ५ हजार ६ सयमा झरेको छ । १५ वर्षपछि अहिले सरकारले १८५० ट्याक्सी थप्न अनुमति दिने घोषणा गरेछ । १८५० वटाको अनुमति हामीबाहेक अरू कसैलाई दिन पाइँदैन, लौ अरूलाई दे त’ भन्दै ट्याक्सी व्यवसायी संघले सरकारलाई ठाडो चुनौती दिएको छ । साउन १३ गते बुधबारका दिन रत्नपार्कवरिपरि ट्याक्सी तेस्याएर यातायात ठप्प पारिदिएका थिए । ४ वर्षअघिको प्रसंग हो, काठमाडौं उपत्यकाका अधिकांश ट्याक्सी मिटर बिगार्न र यात्रु ठग्नमा व्यापक बदनाम भएपछि सरकारले मिटर चेक गर्न खोज्यो । ‘मिटर चेक गर्न दिँदैनौँ’ भन्दै माइतीघर मण्डला वरपर ट्याक्सी तेस्र्याएर यातायात ठप्पै पारिदिएका थिए ।
नैतिक धरातलमा टेकेर आत्मबल बढ्ने हो । इमानजमान नभएको, लाजघीन पचाएको लबस्तरा नेताहरूसँग आत्मबल नहुनु स्वाभाविक हो । आत्मबल नभएका नेताहरू नै राज्यसञ्चालक भएकाले राज्य कमजोर र दादाहरू शक्तिशाली भएका हुन् । सरकार बलियो हुनका लागि सरकारको नेतृत्वमा रहेकाहरूको आत्मबल दह्रो हुनुपर्छ । आत्मबल दह्रो हुन नैतिक धरातलमै टेक्नुपर्छ, जुन तत्काल सम्भव देखिँदैन । यो राष्ट्रले अझै दुःख पाउने भविष्यवाणी गर्न सकिन्छ ।

प्रतिक्रिया