सडक अवरोध गर्न खोज्ने पक्राउ

काठमाडौं, १४ भदौ । सडक अवरोध गर्न खोज्ने मादक पदार्थ सेवन गरेका दुई युवालाई प्रहरीले काठमाडौंमा नियन्त्रणमा लिएको छ ।
थानकोटस्थित मूख्य सडकमा भ्यान रोकेर सडक अवरोध गर्न खोज्ने दुई युवालाई बिहीबार राति प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
मादक पदार्थ सेवन गरी बीच सडकमा सवारी साधन राखेर सडक अवरोध गर्न खोज्ने कमल प्रसाद अधिकारी र दमोदर रेग्मीलाई पक्राउ गरेको हो । उनीहरुले महानगरीय प्रहरी बृत्त थानकोट ट्राफिकमा कार्यरत प्रहरी हवल्दार नसिन्द्र यादवलाई हातपात गरेका थिए ।
उनीहरुले बा. १० च ९५८९ नम्वरको भ्यानलाई बीच सडकमा रोकी सवारी आवगमन अवरोधको प्रयास गरेका थिए ।

प्रतिक्रिया