‘त्यो होडमा म समाबेस हुन चाहन्न’

Benisha-Hamal-1काठमाडौं । अभिनेत्री बेनीषा हमाल ‘स्वर’ चलचित्रबाट नेपाली रजतपटमा भित्रिएकी हुन् । आधादर्जन हाराहारीमा चलचित्र खेलेकी बेनीषा अचेल चलचित्र ‘महशुस’को प्रमोसनमा ब्यास्त छिन् ।
अभिनयका अलवा स्कृप्ट लेखनमा समेत आफूलाई अग्रसरता गराउँदै आएकी हमाल चलचित्र मोहले आफूलाई अभिनय क्षेत्रमा तानेको बताउँछिन् । भन्छिन् यसक्षेत्रमा आउनु भन्दा पहिले म धेरै चलचित्र हेर्थे ।
चलचित्रको मिडिया प्रमोशन हेरेर आफू चलचित्र हेर्न हलसम्म जाने गरेको खुलाउने बेनीषाले धेरै चलचित्र दोहर्‍याएर हेरेकी छन् रे । चलचित्र राम्रो लागे दोर्‍यार पनि हेर्छु उनले चलचित्र मोह पोखिन् । चलचित्र मानव जीवनको भावनासँग जोडिएकाले पनि आफूलाई हेर्न मन पर्ने उनी बताउँछिन् ।
अहिले सम्म कुनै चलचित्र हेरेर पछुताउनु नपरेको बताउने बेनीषा चलचित्र हेर्दा धेरे पटक रोएकी छन् रे । केही चलचित्र यस्ता छन् जुन चलचित्र हेर्दा आखाबाट आसु थाम्न सकिँदैनन् ।
पछिल्लो समय आफूलाई ग्ल्यामरमा निकै खुलाउँदै गएकी बेनीषा चलचित्रमा अहिले सम्म अनावश्यक ग्ल्यामर प्रस्तुत नगरेको दाबी गर्छिन् । भन्छिन्, ‘अहिले ग्ल्यामरको नाममा नाङ्गीने होड चलेको छ । त्यो होडमा म समाबेस हुन चाहन्न ।’

प्रतिक्रिया