लिम्बुवान : अश्लील दृश्य विरुद्ध

Jiya-Kc'sकाठमाडौं । अश्लीलताले पराकाष्ठा नाघेको भन्दै लिम्बुवान चलचित्रकर्मी संघले दीपक श्रेष्ठ निर्देशित ‘रङ वे’को प्रोमो प्रतिबन्ध लगाउने तयारी गरेको छ ।
लिम्बुवान चलचित्रकर्मी अश्लील सिनेमाप्रति खनिएका हुन् । चलचित्र ‘किन–किन’बाट न्यूड दृश्य हटाउन निर्माण पक्षलाई धम्की दिएको दुईसाता नबित्दै लिम्बुवानको तारोमा फेरि अर्को एकअश्लील चलचित्र परेको हो ।
संघका अध्यक्ष उदय सुब्बाले नेपाली सिनेमामा अश्लीलता हाबी हुँदै गएकाले पूर्वका सम्पूर्ण हलमा आइतबार सम्म पत्र काटी अश्लील सिनेमा नचलाउन आग्रह गर्ने निर्णय गरेको छ ।
‘किन–किन’, ‘रङ वे’ जस्ता सिनेमाले कला नभई अश्लीलता बेच्ने प्रयास गरेको पनि लिम्बुवान कलाकर्मीले जिकीर गरेका छन् । न्यूड र भल्गर दृश्य नहटाए चलचित्र कुनै हालतमा लिम्बुवान क्षेत्रमा चल्न नदिने चेतावनी दिएका छन् ।
चलचित्रले सम्पूर्ण सिने नगरीलाई नै दुर्गन्धित बनाउने भएकाले अश्लील सिनेमा निरुत्साहीत गर्न बाध्य भएको संघले जनाएको छ । संघले निर्माता संघ, पत्रकार, चलचित्रकर्मीले अश्लील भनेको सिनेमालाई लिम्बुवान क्षेत्रमा प्रदर्शन गर्न नदिने चेतावनी दिएका छन् ।
चलचित्रका अश्लील दृश्य काट्न सम्बन्धित निर्मातालाई पत्राचार गर्ने निर्णय गरेको अध्यक्ष सुब्बाले जानकारी दिए ।
‘लूट’, ‘चपली हाइट’जस्ता सिनेमालाई प्रदर्शनको अनुमति दिएर सेन्सर बोर्डले अश्लीलता भित्रयाउन सहयोग गरेको उनले आरोप लगाए ।

प्रतिक्रिया