निर्देशक शिव रेग्मी अस्वस्थ्य

shiva-regmiकाठमाडौं । नेपाली चलचित्रका औंलामा भाँचेर गनिने निर्देशकमा पर्ने निर्देशक शिव रेग्मीले मिर्गौला समस्याको उपचार गराई रहेका छन् ।
निर्देशक रेग्मीको अवस्थामा सुधार भएको परिवारजनले जनाएको छ । यद्यपि, उनका दुबै मिर्गौला फेर्नु पर्ने चिकित्सकहरुको सल्लाह रहेको छ ।
रेग्मीले ए मेरो हजुर, आफन्त, आफ्नो मान्छे, हामी तीन भाई, कहाँ भेटिएला, सु:ख दु:ख जस्ता राम्रा चलचित्रको निर्देशन गरिसकेका छन् ।
निर्देशक रेग्मीका दुबै मृर्गौला आगामी साउन महिना भित्रै प्रत्यारोपण गर्ने बुझिएको छ । उनलाई आफन्तले मिर्गौला दिन लागेका हुन् ।
उनलाई हाल दैनिक झण्डै १५ हजारसम्म उपचार खर्च लाग्ने गरेको छ । निर्देशक रेग्मीलाई उपचार खर्चमा समस्या रहेको परिवारको भनाई छ । निर्देशक रेग्मीका पत्नी, छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया