तेस्रो हेल्थ अवार्ड साउनमा

anilकाठमाडौं, २४ जेठ । स्वास्थ्य क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने उद्देश्यले स्थापित हेल्थ अवार्ड यस वर्ष पनि हुने भएको छ ।

स्वास्थ्य खबरपत्रिकाले आफ्नो स्थापना दिवसको अवसरमा हेल्थ अवार्ड यो वर्ष पनि साउनमा प्रदान गर्न लागेको हो । स्वास्थ्य क्षेत्रमा पहिलोपटक दुई वर्षअघि सुरु भएको हेल्थ अवार्ड तेस्रो वर्ष पनि साउन पहिलो साता हुन लागेको सम्पादक अनिल न्यौपानेले जानकारी दिए ।
यस वर्ष उत्कृष्ट चिकित्सक, उत्कृष्ट सामुदायिक एवं निजी अस्पताल, उत्कृष्ट औषधि कम्पनी, उत्कृष्ट स्वास्थ्य व्यवसायी, उत्कृष्ट स्वास्थ्यकर्मी, उत्कृष्ट स्वास्थ्य पत्रकार, उत्कृष्ट नर्स, उत्कृष्ट सामाजिक संस्थालाई ‘तेस्रो स्वास्थ्य खबरपत्रिका हेल्थ अवार्ड २०७०’बाट सम्मान गरिने न्यौपानेले बताए । उनका अनुसार अवार्डलाई पारदर्शी बनाउन स्वतन्त्र निर्णायक कमिटी गठन गरिएको छ ।
अवार्ड छनोट कमिटीमा स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा. लक्ष्मीराज पाठक, स्वास्थ्य मन्त्रालयका नीति तथा योजना प्रमुख डा. पदमबहादुर चन्द, औषधि व्यवस्था विभागका पूर्वमहानिर्देशक भूपेन्द्रबहादुर थापा, वरिष्ठ चिकित्सक डा. जगदीशप्रसाद अग्रवाल, परिवार स्वास्थ्य महाशाखाका वरिष्ठ अधिकृत भोगेन्द्र डोटेल र वरिष्ठ नर्स किरण बज्राचार्य रहेको आयोजकले जनाएको छ । (फाईल तस्विर)

प्रतिक्रिया