प्रधानमन्त्रीलाई समलिंगीको निम्तो

काठमाडौं : यौनिक तथा लैंगिक अल्पसंख्यकले आफूहरूको डेरामा आएर बास बस्न प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई निम्तो दिएका छन् ।

यौनिक तथा लैंगिक अल्पसंख्यक महासंघले बुधबार राजधानीमा कार्यक्रम गरी प्रत्येक महिनाको अन्तिम शुक्रबार जनताको घरमा बास बस्दै आएका प्रधानमन्त्री डा. भट्टराईलाई यस्तो निम्तो दिएको हो । कार्यक्रममा उनीहरूले आफूहरूको घर नभएकाले डेरामै एक रात बास बस्न सार्वजनिक रूपमा आग्रह गरे । (सौस)

प्रतिक्रिया