महिला संघद्वारा पुनः आन्दोलनको घोषणा

काठमाडौं २३ पुस । कांग्रेस निकट नेपाल महिला संघले ‘महिला हिंसा विरुद्ध’ दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।
राजधानीमा आज पत्रकार सम्मेलन गरेर संघले महिलाप्रति हुने बलात्कार, हत्या, हिंसा लुटपाट र विध्वंशकारी गतिविधिको अन्त्य माग सहित आन्दोलन घोषणा गरेको हो । उसले १२ बुँदे माग सरकार समक्ष प्रस्तुत गरे पनि वेवास्ता गरेको आरोप लगाएको छ ।
संघर्षका कार्यक्रम अनुसार पुस–२४ गते अधिराज्यभर कोण सभा गर्ने, २६ गते विभिन्न राजनीतिक दलका नेताहरुलाई ध्यानार्षण गराउँदै ज्ञापन पत्र बुझाउने र २७ गते अधिराज्य भरि विरोध सभा गर्ने छन् ।
संघकी अध्यक्ष डीला संग्रौलाले महिला हिंसाका दोषीलाई कारबाहीको माग गरेर देशव्यापी रुपमा दोस्रो चरणको आन्दोलनको गर्न लागेको बताईन् ।

प्रतिक्रिया